
पोखरा, १० माघ । क्षत्री समाज नेपाल पोखरा महानगर कार्यसमिति, कास्कीको महानगर परिषद तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडाका क्षत्री समाजका वडा समितिका पदाधिकारीहरु, शुभमिचन्तक, केन्द्रिय, प्रदेश तथा जिल्ला समितिका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
समाजको महानगर कार्यसमितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समाजका केन्द्रिय अध्यक्ष रिब बहादुर थापाले सुस्ताएका समाजका गतिविधिहरुलाई गतिशिल बनाईएको बताए । उनले महानगर समिति पनि समाजलाई क्रियासिल र उन्नत बनाउन लागिपरेकोमा खुसी व्यक्त गरे ।
पोखराका ३३ वटै वडाका दाजुभाई दिदिबहिनीहरुलाई महानगर परिषदको अवसरमा एउटै थलोमा जम्मा पारेर परिषदको साधारण सभा, समाजका गतिविधि र वनभोजको कार्यक्रमले आत्मियता र एकताको प्रशंसनिय कार्य भएको बताए । सो अवसरमा थापाले समाजका सहस्यहरुको विवरण सफ्टवेरमा राख्नका लागि पहल भईरहेको बताए ।
केन्द्रिय महासचिव कृष्ण बहादुर थापाले समाजका केन्द्रिय गतिविधि, संगठन बिस्तार, राज्यसंगका मागहरुमा बारेमा जानकारी गराए । उनले समाज हाल ६० बढी जिल्लामा बस्तिार भएको, ३ सय बढी नगर समितिहरु बनेका र पानँच सय वडा समितिहरु सक्रिय रहेको बताए । सो अवसरमा महासचिव थापाले विश्वभर छरिएर रहेका क्षत्रीहरुलाई समाजमा गोलवद्ध गर्ने काम भईरहेको बताउादै हालसम्म ११ वटा देशमा शाखाहरु बनिसकेको बताए ।
थापाले प्रतिनिधि सभाको निर्वाचन नजिकिएको बेलामा प्रत्यक्ष रुपमा समाज आफ्नो पोशाकमा संलग्न नहुने निति रहेकोले सचेतता अपनाउन सबैलाई अनुरोध गरे । तर अनौपचारिक रुपमा आआफ्नो मत जाहेर गर्ने र संलग्नता जनाउन भने सकिनेछ ।
कास्की अध्यक्ष दील बहादुर अधिकारी क्षत्रीले क्षत्रीहरु प्हिचानका लागि थालिएको संघर्ष जारिरहेको बताए । उनले यस धर्तिका सन्तान हामीहरु आदीवाििस हौं। उनले भने राज्यले हामीलाई विभेद गरिरहेको छ । हामी हाम्रो मागहरुबा बारेमा प्रष्ट छौं राज्यले हाम्रा कुराहरु सुन्नुपर्छ र माग पूरा गर्नुपर्छ ।

क्षत्री महिला समाज कास्कीका अध्यक्ष गंगा के.सी.देउजाले पोखरा महानगरका ३३ वटै वडाबाट एउटै थलोमा क्षत्रीहरुलाई ठूलो संख्यामा जम्मा पारेर भातृत्व प्रेम, एकताको सन्देश दिएको बताईन् । कार्यक्रममा लेखनाथ महोत्सवमा सहभागिता जनाई पुरस्कृत हुन सफल भएको वडा नं २६ का अध्यक्ष लिल बहादुर जिसीलाई प्रथम पुरस्कार रु ५ हजार र सम्मान प्रदान गरियो ।
वडा नं १५ र अध्यक्ष चीत्र बहादुर भण्डारीलाई दोश्रो पुरस्कार रु ३ हजार र वडा नं २९ र ज्योती बस्नेतलाई रु २ हजार तथा खादा लगाएर सम्मान गरियो । यस्तै महानगर परिषदमा उत्कृष्ट सहभागिताका लागि कृष्ण बहादुर थापालाई सम्मान गरियो ।

कार्यक्रममा ३३ वटै वडाहरुको महिलाको तर्फबाट वडा नं १३ की अध्यक्ष दुर्गा अधिकारी क्षत्री र पुरुषहरुको तर्फबाट वडा नं १७ का अध्यक्ष खम बहादुर के.सी.कार्यक्रम संयोजक देवी कुमारी पण्डित क्षत्रीले बोलेका थिए ।
सो अवसरमा अध्यक्ष कृष्ण बहादुर थापा र सचिव मोहन बहादुर थापाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरिएको थियो ।
यसअघि कार्यक्रममा सहभागिहरलाई समाजकी उपाध्यक्ष रेणु थापाले स्वागत गरेकी थिईन् भने संचालन सचिव मोहन बहादुर थापाले गरेका थिए । फाेटाे : तीर्थ केसी




























