
नारायण शर्मा, नवलपरासी/ प्रतिनिधि सभाको समानुपातिक सांसदको सूचिमा राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशका ११ जिल्लावाट १० जनाको नाम बन्द सुचिमा राखेको छ ।
रास्वपाका गण्डकी प्रदेश महामन्त्री नविन त्रिपाठीका अनुसार मुस्तांगका पार्टी सभापति सुरेश गुरुंग, स्यांजाका भुमिबहादुर गुरुंग, मनकाजि श्रेष्ठ तनहुँ, एलिजा गुरुंग गोर्खा, बिष्णुकुमारी गुरुंग कास्की, दिपककुमार बोगटी म्याग्दी, डा रुपक बिक घिमिरे तनहु, कलाकार प्रकाश सपुत बाग्लुंग,किशोर गन्र्दभ तनहु,समिउन मुस्लिम कास्कीलाइ समानुपातिमा नाम राखेको छ । तनहु एउटै जिल्लावाट ३ जना र कास्कीवाट २ जना परेका छन्।
गण्डकी प्रदेशमा रास्वपाको सबै भन्दा बलियो जिल्ला भनेर चिनिने पूर्वी नवलपरासीवाट भने समानुपातिको सूचिमा कोहि पनि अटाएनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























