
पोखरा, १२ मंसिर । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ मा रहेकाे अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयमा नि:शुल्क दन्त परिक्षण गरिएकाे छ ।
सोमबार भएको दन्त परिक्षणमा कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेस, कान्तिपुर डेन्टल हस्पिटल र रोटरी क्लब अफ पोखरा न्युरोड पोखराको प्राबिधिक सहयोगमा कार्यक्रम भएको कार्यक्रम संयोजक गंगा त्रिपाठीले जानकारी दिइन् ।
दन्त परिक्षणबाट शिक्षालयमा रहेका ६० जना बिद्यार्थी र २१ जना कर्मचारी लाभाम्बित भएका छन्।
कार्यक्रममा बोल्दै शिक्षालयका प्रमुख शरद कोइरालाले सहयोगि संस्थालाई धन्यबाद दिदै यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए ।
कान्तिपुर डेन्टल हस्पिटलका डाक्टर समिप बरालले ग्रामिण भेगमा रहेको शिक्षलयमा रहेका बिद्यार्थीहरुलाई सेवा प्रदान गर्दा दाँतसम्बन्धी हुने समस्याबाट बिद्यार्थी सचेत हुने उल्लेख गरे ।
२०७६ सालमा स्थापाना भएको सिटिइभिटिबाट सम्बन्धन प्राप्त शिक्षालयमा हाल कृषि र भेटेनरी बिषयमा पढाइ भइरहेका छ । नेपालका बिभिन्न जिल्लाका बिद्यार्थीले अध्ययन गरिरहेका छन् ।

























