नारायण शर्मा/पोखरा, १२ कात्तिक । म्याग्दी हुदै मुस्ताङ तर्फ पैदल ट्रेकिंग जादै गरेका ३ ब्रिटिस महिला पर्यटक सहित १५ जना गत सोमवारदेखि हिउँमा फसेका छन्। उनीहरुले उद्धार गरिदिन माग गरेका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद भुसालका अनुसार मुस्ताङमा गत सोमवार सांझदेखि परेको हिउँमा परेर उनिहरु फसेका हुन्।

उनिहरु म्याग्दीको बेनीबाट मुस्ताङको मार्फा तर्फ पैदल यात्रा आउदै गर्दा सोमवार दिउँसो ५ बजे हिडन भ्याली भन्ने स्थानमा परेको बाक्लो हिउमा फसेका हुन । उनिहरु फसेको स्थान समुन्द्र सतहदेखि ५१ सय मिटर उचाइमा पर्दछ ।

उनिहरु रहेको स्थानमा ५ फिट माथिसम्म हिउँ परेको छ । ति पर्यटक हिड्ने बाटो ( ट्रेकिंग रुट) हिउँले पुरीएकाे कारण त्यहाँ अलपत्र परेका हुन । उनिहरुको उद्धारमा कठिनाई भएको छ ।

ट्रेकिंग रुटमा पैदल हिड्दै गर्दा अचानक हिमपात परेपछि हिड्ने बाटो समेत हराएर (नदेखिने भएपछि) उनिहरु गत सोमवारवाट टेन्ट टांगेर बाटामै बस्न बाध्य भएका हुन्। उनिहरु अडकिएको स्थानमा होटल वा घर छैनन्। उनिहरुको सर सामान र बन्दोवस्तीका सामान बोक्न, वाटो देखाउन १२ जना नेपालीहरु रहेका छन्। ब्रिटिस ३ महिला पर्यटकको सहयोगमा हिडेका १२ नेपालीहरु पनि त्यहि फसेका छन्।

उनिहरुलाई ट्रेकिंग पठाउने कोठमाण्डौको सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सीका ब्यबस्थापक बिनय लामाका अनुसार हिमपातका कारण त्यहाँ अडकिएका ब्रिटिस नागरिकहरु Ms Mary Reape, Ms Catherine Wilson, Ms Emily Coats हुन्। त्यहाँ हिमपातमा फसेका नेपाली गाइडले आफुहरु आपतमा परेको भन्दै मंगलवार राती साढे ८ बजे तत्काल आफुहरुको उद्धार गर्न भनेको लामाले सुनाए ।

बुधवार बिहानपनि सेटलाइट फोनमा सम्पर्क भएको छ उनिहरु आत्तिएका छन् लामाले भने चाडो उद्धार गर्न पर्याे भन्ने उनिहरुको माग छ हाम्रो कुनै उपाय छैन लामाले भने ।

चाडो उद्धार गर्न पर्यो भनेर आत्तिइरहनु भएको छ हामीसंग त्यसरी उद्धार गर्न सक्ने कुनै यन्त्र छैन लामाले भने सुरक्षा निकाय गुहारेका छौ ।

हेलिकप्टर वा सुरक्षाकर्मी जाने अबस्था छैन

प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार उनिहरु रोकिएको स्थानमा यहिलेकै अबस्थामा पैदल वा हेलिकप्टरवाट उद्धार सम्भव छैन । फिसफीस हिउ परिरहेका कारण हेलिकप्टर पठाउन समस्या भएको भुसालले जानकारी दिए । न हेलिकप्टर पठाएर उद्धार गर्न सकिन्छ न सुरक्षार्की नै जाने बाटो छ भुसालले भने हिउँ पर्न छोडयो भने मात्र उद्धारको प्रयास काम लाग्छ ।

बुधवार बिहान पनि त्यहाँ फिसफिस हिउँ परिरहेको जानकारी पाएको लामाले सुनाए । मंगलवार भन्दा केहि कम छ भनेर अहिले बिहान जानकारी गराएका छन्।

हिमपात रोकिएपछि हिड्ने रुटको हिउ पग्लिएर बाटो (पैदल हिडने रुट) पत्ता लगाउन सके मात्र सुरक्षित स्थलतर्फ हिडन सक्छन्। त्यतिन्जेल त्यहि रहनपर्ने बाध्यता छ प्रमुख जिल्ला अधिकारी भुसालले भने ।

समुन्द्र सतहदेखि ५१ सय मिटर माथि रहेको हिडन भ्यालीमा उनिहरु छन्।

उनिहरु रोकिएको स्थान मुस्तांगको मार्फा बजारदेखि पश्चिम उत्तर एक दिनको पैदल यात्रामा पर्दछ । बिहानसम्म सेटलाइट फोनमार्फत सम्पर्क हुन सकेको छ । ब्याट्रि सकियो भने सम्पर्क हुन नसक्ने अबस्था छ । त्यहाँ मोवाइल वा नेट टिप्दैन।

मुस्ताङमा गत सोमवार सांझवाट वर्षाद शुरु भएपछि हिउँ पर्न शुरु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी भुसालले सोमवार सांझ ४ बजे एक सूचना जारी गर्दै मुस्तांग क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाउदै मौसम बुझेर मात्र यात्रा गर्न सार्वजनिक अपिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0