
काठमाडौं, ३० असोज । सुनचाँदीकाे भाउले नयाँ रेकर्ड बनाउने क्रम राेकिएकाे छैन । साताकाे सुनचाँदीकाे काराेबार हुने पाँचाै दिन बिहिबार पनि सुनले रेकर्ड ब्रेक गरेकाे छ ।
यसदिन सुन ताेलामा दुई हजार रुपैयाँले बढेर रेकर्ड ब्रेक भएकाे हाे । चाँदीमा पनि ताेलामा रुपैयाँ ३५ ले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोलाकाे २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । याे भाउ हालसम्मको उच्च हो ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । साेहि दिनकाे भाउलाई ब्रेक गर्दै आज सुनको भाेले नयाँ उचाई कायम गरेकाे हाे ।
बिहिबार चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा काराेबार भइरहेकाे छ । बुधबार चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा काराेबार भएकाे थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























