LPG-GAs - 1
काठमाडौं, २५ असाेज । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन आजदेखि विभिन्न ६ स्थानबाट ग्यास बिक्री सुरु गरिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार असोज २५ देखि ३१ गतेसम्म तोकिएका बिक्री केन्द्रहरूबाट उपभोक्ताले विभिन्न ब्रान्डका ग्यास खरिद गर्न सक्नेछन्। नेपाल आयल निगमको समन्वय तथा ग्यास बिक्रेता महासंघको सहकार्यमा ग्यास बिक्रीको व्यवस्था मिलाइएको संघका अध्यक्ष दिवान चन्दले जानकारी दिनुभयो। ग्यासको आपूर्ति सहज बनाउने र उपभोक्तालाई सहज रूपमा सिलिन्डर उपलब्ध गराउने उद्देश्यले यी बिक्री केन्द्रहरू तोकिएको हो।

कहाँ-कहाँबाट कुन ब्रान्डका ग्यास पाइनेछ?

१. सिफलचौर (ग्यास एन्ड अक्सिजन ट्रेडर्स): एभरेस्ट र सुगम ग्यास २. पेप्सीकोला: सगर ग्यास ३. बालाजु औद्योगिक क्षेत्र (गेट अगाडि): नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास ४. सुकेधारा: बाबा र श्री ग्यास ५. कलङ्की: साइबाबा र श्रीकृष्ण ग्यास ६. हरिसिद्धि (ललितपुर): श्रीराम ग्यास

बिक्री समय र सुविधा

  • समय: बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म।
  • सुविधा: तोकिएका बिक्री केन्द्रहरूमा खाली सिलिन्डर साटफेर (सट्टापट्टा) गर्ने सुविधासमेत उपलब्ध रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0