
घटस्थापनाको साइत र अन्य मुख्य साइतहरू
- घटस्थापनाको साइत: आज बिहान ११ः४७ बजे (मध्याह्नकालको अभिजित् मुहूर्त)।
- देवी विसर्जनको साइत (कात्तिक ४ गते): बिहान ८ः४९ बजे।
- टीका प्रसाद ग्रहण गर्ने साइत (उत्तम साइत): बिहान १०ः२६ बजे।
दसैँको धार्मिक महत्त्व र पारिवारिक पुनर्मिलन
नवरात्रभर दुर्गा देवीका तीनवटा रूपहरू महाकाली (शक्तिको प्रतीक), महालक्ष्मी (धनधान्य र ऐश्वर्यको प्रतीक) र महासरस्वती (विद्या र बुद्धिको प्रतीक) को विधिपूर्वक पूजा आराधना गरिन्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने यो पर्वलाई पारिवारिक पुनर्मिलनको ठूलो अवसरका रूपमा समेत लिइन्छ। दसैँका अवसरमा काठमाडौँलगायत प्रमुख सहरहरूबाट आफ्नो थातथलो फर्कनेहरूको लाम लाग्न थालेको छ।आजदेखि ९ दिनसम्म पुजिने नवदुर्गा देवीहरूको सूची
नवरात्रका ९ दिनसम्म पालैपालो पूजा गरिने नवदुर्गाका रूपहरूको विवरण यस प्रकार रहेको छ :- प्रथम दिन (आज): शैलपुत्री
- दोस्रो दिन: ब्रह्मचारिणी
- तेस्रो दिन: चन्द्रघण्टा
- चौथो दिन: कुष्माण्डा
- पाँचौँ दिन: स्कन्दमाता
- छैटौँ दिन: कात्यायनी
- सातौँ दिन: कालरात्रि (यस दिन फूलपाती भित्र्याइन्छ)
- आठौँ दिन: महागौरी (महाअष्टमी – बलि पूजा गर्नेहरूद्वारा विशेष पूजा)
- नवौँ दिन: सिद्धिदात्री (महानवमी)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






















