पाेखरा, २३ जेठ । ५२औं विश्व वातावरण दिवसको अवसरमा ‘प्लास्टिक न्यूनीकरण, हाम्रो दायित्व’ मूल नाराका साथ अलैँची रोपण कार्यक्रम ‘अन्नपूर्ण ७ तानचोक चथलमा गरिएकाे महिला उद्यमी तथा सामाजिक अभियन्ता सीता गुरुले जानकारी दिएकी छन् ।

तानचोक नौजे पैँगिलामा परिवारका अध्यक्ष क. धरमबल गुरुङको अध्यक्षतमा र गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालको प्रमुख आतिथ्यतामा दुवै जनाले अलैंची बिरुवा रोपेर कार्यक्रम उद्घाटन गरे ।

गाउँमा बाँझो रहेको खेती योग्य झन्डै १०० रोपनी जमीनमा अलैँची खेती गर्ने उद्देश्यले अलैँची रोपण कार्यक्रम आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय प्रकाश बरालले यस खेतीको प्रवर्द्धन र संरक्षण गर्नु आफ्नाे पनि दायित्व भएकोले सघाउने प्रतिबद्धता व्यक्त गरे ।

युवा नेता राज बहादुर गुरुङ, अन्नपूर्ण ७ वडा सदस्य गौप्रसाद गुरुङ, परिवारका पूर्व अध्यक्ष क्या जय बहादुर गुरुङ, अलैँची खेती गर्ने सदस्य हनुमान तामाङले शुभकामना मन्तब्य गरेका थिए ।

टाक्सफोर्स नेपालका सञ्चालक तमु विद्यार्थी छोंज धीं केन्द्रीय महासचिवको नेतृत्वमा ४० जना, प्रधानमन्त्री कृषि आधुनिकरण कार्यालय कास्की वरिष्ठ कार्यालय प्रमुख वडा अध्यक्ष भरतमन गुरुङ, तानचोक माझगाउँ आधारभूत विद्यालय प्रधानाध्यपक तारा गुरुङ अन्नपूर्ण संरक्षण क्षेत्रका प्रतिनिधि गरेर १५० जनाको उपस्थिति रहेकाे थिथाे ।

साे अवसरमा ५ हजार अलैँची बिरुवा रोपिएकाे छ भने उक्त १ हजार रोपनी जग्गामा झण्डै १ लाख २० हजार अलैँचीका बिरुवा रोप्ने लक्ष राखिएको छ ।

कार्यक्रम महिला उद्यमी तथा सामाजिक अभियन्ता सीता गुरुले सञ्चालन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0