
काठमाडौं, २८ साउन। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ।
महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य भने बिहीबार बढेर प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ। बुधबार नेपाली बजारमा चाँदी प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनको प्रभावका कारण स्थानीय बजारमा दैनिक सुनचाँदीको कारोबार मूल्य समायोजन हुँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























