पोखरा, २१ बैशाख । छैटौ माउन्ट अन्नपूर्ण एसईई स्पोर्टस् फेष्ट बैशाख २३ गतेबाट २५ गते सम्म आयोजना हुने भएको छ ।

पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको बिद्यालयले एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई रचनात्मक र सिर्जनात्मक रूपमा सदुपयोग गर्ने उद्देश्यले छैटौ माउन्ट अन्नपूर्ण एसईई स्पोट्स फेष्ट आयोजना गर्न लागेको बिद्यालयका प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बताए।

प्रतियोगितामा छात्र,छात्रा बस्केटबल,भलिवल र टेवल टेनिसका खेल सञ्चालन हुनेछन् ।

बास्केटबल छात्रतर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने छात्रा तर्फको बिजेताले क्रमशः १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै छात्र भलिवल तर्फ प्रथम पुरस्कार २० हजार र द्वितीय १० हजार रुपैयाँ रहेको छ भने छात्रातर्फ क्रमशः १२ हजार र ८ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

त्यस्तै टेवल टेनिस तर्फ छात्र तथा छात्रा एकल विधामा प्रतिस्पर्धा हुनेछ, जहाँ विजेताले ५ हजार र उपविजेताले ३ हजार पुरस्कार प्राप्त गर्ने इसिए डाइरेक्टर तेज बहादुर गुरुङले बताए ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोली तथा खेलाडीहरूले वैशाख २२ गते दिउँसो १ बजेसम्म विद्यालयमा भौतिक रूपमा दर्ता गराउनुपर्नेछ।

विद्यालयका अनुसार, प्रतियोगितामा सहभागी हुने सबै विद्यार्थीहरू २०८२ सालको एसइई परीक्षा दिएर बसेका हुनु पर्नेछ । प्रतियोगिताको मूल उद्देश्य विद्यार्थीहरूलाई खेलकुदमार्फत अनुशासन, सहकार्य, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउनु रहेको प्रशासक चित्र गुरुङले बताए ।

गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रुपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले बिगत १७ बर्ष देखि म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र माउंटेनियरिंङ बिषयमा कक्षा १२ सम्म पढाई हुदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0