काठमाडौं, २२ चैत । साताको शेयर काराेबार हुने पहिलो दिन कारोबार दिन आज आइतबार नेप्से परिसूचकमा भारि गिरावट भएकाे छ । नेप्से परिसूचक १००.५० अंकले घटेकाे छ ।

यसदिन नेप्से परिसूचक १०५.५० अंक घटेर २६७६.६८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ । फ्लोट इण्डेक्स ७.४१ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ५.६६ अंकले घटेको छ।

कारोबार रकम सन्ताेषजनक रहेकाे छ। बिहीबार ८ अर्ब ८१ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकोमा यसदिन ३४५ स्टकको १ लाख ४१ हजार ३६ पटकको कारोबार हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँबराबरको ३ करोड १२ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ।

रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्डा हाइड्रो इलेक्ट्रिकको शेयरमा सकारात्मक सर्किट लागेर काराेबार भएकाे छ । नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि इन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भि इनर्जीको शेयरमा नकारात्मक सर्किट लागेर कारोबार छ ।

कारोबारकाे आधारमा हिमालयन रि इन्स्योरेन्स अगाडी रहेकाे छ । कम्पनीको ५८ करोड २८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्सको ४५ करोड रुपैयाँ बढी र ङादी ग्रुप पावरको ४२ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ ।

१३ वटै उपसमूहहरुमा राताे लागेकाे छ। अन्य उपसमूहको परिसूचक ६.०९ प्रतिशत घटेको छ। जलविद्युत र विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशत बढी घटेको छ । बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशत बढी घटेको नेप्सेले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0