काठमाडौं, २२ चैत । अब सातामा दुई दिन शनिबार र आइतबार बिदा हुने भएकाे छ । आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले साेमबारदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हाे।

सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि बिदाका बारेमा जानकारी दिँदै पेट्रोलियम पदार्थको आपूर्तिमा भएकाे परिस्थितिकेा कारण यस्ताे निर्णय भएकाे बताए ।

अब बिदा चैत २३ गतेदेखि शनिबार र आइतबार लागू हुने भएकाे छ । सरकारी कार्यालय र शैक्षिक संस्थाहरू शनिबार र आइतबार बन्द हुनेछन् । सरकारकाे यस्ताे निर्णयले हाल देखिएकाे इन्धन संकटलाई न्युनिकरण गर्न सहयाेग पुग्ने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0