काठमाडौं २२ माघ । साताको शेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचक बढेर बन्द भएको छ। बितेका दुई नेप्सेमा गिरावट भएकाे थियाे ।

नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ४.४७ अंकले बढेको छ । फ्लोट इण्डेक्स २.०६ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले बढेको छ।

यसदिन कारोबार रकम पनि केहि बढेको छ। बुधबार ७ अर्ब ४९ करोड रुपैयाँबराबरको काराेबार भएकाेमा यसदिन ३२६ कम्पनीहरुकाे १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँबराबरको ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ। रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । घलेम्दी हाइड्रोको शेयरमूल्य साढे ९ प्रतिशत बढी बढेको छ। सुपर मादी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ।

कारोबारकाे आधारमा यूनियन हाइड्रोपावर अगाडी रहेकाे छ । कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। राधी विद्युत कम्पनीको साढे ५७ करोड रुपैयाँ बढीको शेयर काराेबार भएकाे छ । एसवाई प्यानल नेपालको कारोबार रकम साढे ५३ करोड रुपैयाँ बढी भएकाे छ।

१३ उपसमूहमध्ये १२ उपसमूहमा हरियाे लागेकाे छ । एउटा उपसमूहमा रातेकाे लागेकाे छ। अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक १.९८ प्रतिशतले बढेको छ। जलविद्युत, लगानी र जीवन बी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0