पोखरा, २ माघ । पोखराका व्यवसायी नविन द्वा र श्रवण द्वालाई मातृ शोक परेको छ ।

ममतामयी माता बद्रीमाया द्वाको ८९ वर्षको उमेरमा गएराति सवा ८ वजे निधन भएको उहाँका ज्वाई शिक्षासेवी अशोक पालिखेले जानकारी दिनुभयो ।

बद्रीमाया बुद्ध बिहारमा आवद्ध हुनुहुन्थ्यो । उहाँका श्रीमान स्व.कृष्ण प्रसाद द्वा हुनुहुन्थ्यो । स्व.बद्रीमायाका छोराहरु नविन द्वा र श्रवण द्वा रहनु भएको छ । छोरीहरु जया पालिखे, पुन्य लाभाजु र मीना पालिखे हुनुहुन्छ ।

स्व.बद्रीमायाको आजै पोखरा महानगरपालिका वडा नं ९ स्थित रामघाट दाह संस्कार गरिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0