
पोखरा, ३१ असोज । पोखरा गौशाला, पोखरा १५ मा पञ्चदिवशीय गाई पूजा महोत्सव २०८२ आयोजना गर्न लागिएको छ । कार्तिक २ गतेदेखि कार्तिक ६ गतेसम्म १११ वटा गाईको पूजा तथा दर्शन कार्यक्रम गर्न लागिएको आज पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।
पोखरा १५, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र नजिक रहेको गौशालामा गौ प्रेमीहरुको सहजताको लागि कार्तिक २ देखि ६ गतेसम्म गाई पूजा एक दिन मात्र नभई जीवन्त भएकोले ५ दिन सबै प्राणीको पूजाको व्यवस्था गरिएको बताईएको छ ।
८ वर्ष अगाडी ५ वटा गाईबाट सुरु गरिएको संरक्षण्, संवर्धनको कामसंगै हाल १११ वटा स्थानिय गाईहरु रहेको पोखरा गौशालाका परिकल्पनाकार, कम्प्युटर इन्जिनियर नन्दगोपाल दासले बताए ।
हामीले पोखरालाई असल गाईको अवलोकनको केन्द्र बनाउन चाहेको छौं । स्थानीय गाईको संख्या कम हुँदै गईरहेको, विकासे गाई र आयातीत गाईहरुको कारण स्थानिय गाईहरु लोपोन्मुख हुन लागेको उनले बताए ।
स्थानिय गाईको संरक्षण् र प्रवर्धनको लागि काम गर्न हम्मे हम्मे भएको बताउदै नन्दगोपालले बितेका दुई वर्षमा वडाबाट २ लाख तथा प्रदेश कृषि निर्देशनालयबाट १० लाख पाएको बताए । मौलिक प्रजातिका गाईको मुक्त तरिकाले सेती किनारमा चरण गराईरहेको र हिउँदको समयमा आहार किनेर खुवाउनु पर्ने भएकोले अर्थको अभाव भएको उनले बताए । यसमा मसस्त पोखरावासीलाई सकेको सहयोग गर्न र गौ माताको पूजा तथा दर्जनको कार्यक्रममा सरि भईदिन अनुरोध गरे ।
विन्दवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष सूर्यप्रसाद सुवेदीले संस्थाले स्थानिय प्रजातिका गाईको संरक्षणको काममा महत्वपूर्ण काम गरेको, राष्ट्रिय जनावर गाईको महिमालाई उजागर गरेको असल कर्म महत्वको भएकोले आफुले पनि गाईपालनको सोंच बनाएको बताए । उनले संस्थाको लागि आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा ब्रम्हकुमारी प्रभा, पत्रकार लगायतले गाईको बैज्ञानिक पक्षहरुको अध्ययन, गौमुत्रको प्रशोधन र उत्पादनको दायरालाई बढाउनु पर्ने बताए । उनीहरुले सरकारी पक्षबाट खासै चासो नदिएको बताउदै समुदाय र सबैको सहयोगि भावना गासिन जरुरी रहेको बताए । अब यो क्षेत्र अध्ययनको केन्द्र र गौ सेवा आश्रम एक तीर्थ स्थलको रुपमा अगाडी बढाउनु पर्ने बताए ।
संस्थाका अध्यक्ष ललित बहादुर कुँवरको अध्यक्षतामा धएको कार्यक्रम संस्थाकी सुचिव माया केसीले सञ्चालन गरेकी थिईन् भने सहभागिलाई आभार व्यक्त गर्दै उपाध्यक्ष गणेश भण्डारीले समापन गरेका थिए ।
