
युक्रेनी आक्रमणले रूसी तेल उद्योगमाथि कडा दबाब
युक्रेनले हालका महिनाहरूमा रूसी रिफाइनरीहरू र तेल पूर्वाधारमाथि आक्रमण तीव्र पार्दै आएको छ । अगस्टको सुरुदेखि मात्रै ३० भन्दा बढी आक्रमण । आक्रमणको उद्देश्य मस्कोको युद्ध वित्तपोषण क्षमतालाई कमजोर पार्नु रहेको छ । रुस विश्वको तेस्रो ठूलो तेल उत्पादक र दोस्रो ठूलो कच्चा तेल निर्यातकर्ता हो ।
अक्सफोर्ड इन्स्टिच्युट फर एनर्जी स्टडिजका अनुसार सन् २०२४ मा तेल र ग्यासबाट प्राप्त आम्दानीले रुसको कुल बजेटको करिब ३० प्रतिशत हिस्सा ओगटेको थियो । ऊर्जा अनुसन्धान समूह क्ललरका विश्लेषक होमायुन फालक्षाहीका अनुसार किएभको आक्रमण अहिले ‘धेरै प्रभावकारी’ देखिएको छ, जसले रूसी रिफाइनरी उत्पादन दर करिब १० प्रतिशतले घटाएको छ ।
अभावको जोखिम देखिँदै मस्कोले पेट्रोलियम उत्पादनहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ र पेट्रोल निर्यातमाथिको रोकथाम विस्तार गरेको छ । रुसको रिफाइनरी उत्पादन सेप्टेम्बरको मध्यसम्म दैनिक ४९ लाख ब्यारेलमा झरेको छ । ऊर्जा विश्लेषक जानिव शाहका अनुसार यो सन् २०२५ को पहिलो छ महिनाको तुलनामा करिब चार लाख ब्यारेल कम हो । यसले रूसी कच्चा तेल र परिष्कृत उत्पादनहरूको मूल्यबीचको अन्तरलाई उल्लेखनीय रूपमा बढाएको छ ।
पम्पमा पेट्रोलको मूल्यमा परेको असर रूसी उपभोक्ताले पहिले नै महसुस गरिरहेका छन् । रोसस्टाटका तथ्याङ्कअनुसार सेप्टेम्बर १ सम्म खुद्रा पेट्रोलको मूल्य सन् २०२४ को अन्त्यको तुलनामा ६.७ प्रतिशतले बढिसकेको छ । यद्यपि सोही अवधिमा कच्चा तेलको मूल्य घटेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























