
लस एन्जलस, ११ भदौ । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो ठूलो क्षमताको ‘स्टारशिप’ रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ । ‘स्पेसएक्स’ अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी हो,जसले विश्वकै सबैभन्दा ठूलो र अत्याधुनिक पुनः प्रयोगयोग्य रकेट र अन्तरिक्ष यान विकास गर्ने काम गरिरहेको छ ।
यो कम्पनीले अन्तरिक्ष यातायातको लागत घटाउन र मानिसहरूलाई मंगल ग्रहसम्म लैजान चाहन्छ । स्पेसएक्सले व्यावसायिक र सरकारी मिसनहरू सञ्चालन गर्दै अन्तरिक्ष प्रविधिमा क्रान्ति ल्याइरहेको छ र यसको स्टारशिप रकेटले भविष्यका अन्तरिक्ष यात्रा र उपग्रह प्रक्षेपणमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
उक्त रकेट कम्पनीको टेक्सासस्थित स्टारबेस प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार साँझ करिब ६ः३० बजे प्रक्षेपण गरिएको थियो । मौसम र प्रविधिसम्बन्धी केही अवरोधका कारण दुई दिन ढिलो भएको यो उडान अन्ततः सुरक्षित र सफल भएको हो । प्रक्षेपणपछि, ‘सुपर हेभी’ बूस्टरले नियन्त्रित रूपमा मेक्सिको उपसागरमा अवतरण प्रक्रिया सुरु ग¥यो । यस क्रममा बूस्टरले ‘बुस्टब्याक बर्न’ प्रविधिको प्रयोग गर्दै आफ्नो मार्ग परिवर्तन गरेको थियो ।
यसैबीच, रकेटको माथिल्लो चरण अर्थात् ‘स्टारशिप’ ले पनि ‘¥याप्टर’ इञ्जिनको सहायताले स्वतन्त्ररूपमा उडान जारी राख्दै ‘हट–स्टेजिङ’ प्रविधिबाट सफल पृथक्करण सम्पन्न ग¥यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























