पोखरा, २३ साउन । पोखराको चिप्लेढुङ्गमा रहेको सोपान ग्लोबल एजुकेसनले नेपाली महिला दिदि बहिनीहरुको महान चाड रितालिका तिज पर्वको अवसर पारेर तिज बिशेष फोटो प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा भाग लिनेहरु सोपानमा अध्ययनरत बिद्यार्थीहरु हुनेछन् । प्रतियोगितामा भाग लिन पहिलो र दोस्रो चरण छुट्याइएको छ। पहिलो चरणमा साउन २२ देखि २९ मा १ फोटो र प्रोशन भिडियो पेश गर्नुपर्ने छ ।

त्यस्तै दोस्रो चरण साउन २९ गते देखि ३ गतेसम्म शीर्ष १० छनोट पछि अन्तिम निर्णय हुनेछ । प्रतियोगितामा भाग लिन सोपानको फेसबुक, इन्ष्टाग्राम र टिकटक मार्फत हुनेछ । यस्तै प्रतियोगितामा सञ्चालनको लागि नियम तथा सर्तहरु पनि राखिएको छ ।

जस अन्तरर्गत प्रत्येक चरणमा एक मात्र फोटो पेश गर्न पाइनेछ । त्यस्तै साडी र ब्लाउज लगाउन अनिवार्य रहेको छ। कृत्रिम, लाइक, कमेन्ट, सेयर गर्न नपाइने नियम बनाइएको छ । त्यस्तै लाइक १ अंक, कमेन्टको २ अंक र सेयरको ३ अकं रहनेछ ।

त्यस्तै सबै प्लेटर्फहरु फेसबुक, इन्ष्टाग्राम र टिकटक बाट अंक गणना गरिनेछ । सहभागिले सोपानका सबै सामाजिक सञ्जालका पेजहरु फलो गर्नुपर्नेछ ।

फोटो भिडियो सोपानको प्लेटर्फहरुमा अपलोड हुनेछन् । प्रतियोगितामा सहभागिभएका हरु मध्येबाट उत्कृष्टहुनेहरु लाई पहिलो,दोस्रो र तेस्रो पुरेस्कार र सबै सहभागिहरुलाई प्रमाणपत्र प्रदन गरिनेछ ।

प्रतियोगिताले नेपाली संस्कृतिको जर्गेना गर्न महत्वपूर्ण भूमिका खेल्ने सोपान ग्लोबल एजुकेशनका प्रमुख सूर्यमोहन आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0