पोखरा, १६ साउन । नेपालको पहिलो होटल म्यानेजकेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि उत्प्रेरणाको कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा १४ द्धिनेडाँडामा रहेको कलेजले १९९८ मा स्थापना भएर निरन्तर दश जोड दुई होटल म्यानेजमेन्ट, बीएचएम, बीबीए, बीबीए बीआई र इएमबीए का कक्षाहरु संचलन गरिरहेको छ ।

समारोहमा १०५ जना विद्यार्थीहरु उनीहरुका अभिभावकसहित उपस्थित भएका थिए । उनीहरुलाई काठमाडौंबाट आएका अन्तराष्ट्रिय लाईफ कोच नर बहादुर कार्किले जीवनमा सफलता प्राप्तिका लागि क्रियाशिल हुने शक्तिका बारेमा सहजिकरण गरे ।

कलेजका अध्यक्ष अशोक पालिखेले सहभागिहरुलाई स्वागत गर्दै अभिभावक, विद्यार्थीलाईको पहिलो रोजाईको कलेज बनाउनु भएकोमा वधाई तथा आभार व्यक्त गरे । उनले भने, “हाम्रा अभिभावकहरु आफ्नै अगाडी छोराछोरीको भविष्य उज्लालो भएको हेर्न चाहन्छन् नकि विदेशमा गएर डिप्रेसनमा परेको खबर सुन्न चाहन्छन् । यसका लागि तपाँईहरु वधाईका पात्रहरु हुनुहुन्छ ।

हामीले बनाउन चाहेको विद्यार्थीहरु पानीको मुहानमा गएर चम्चामा, कटौरामा, अमखोरामा ल्याउने खालका होईनन् । हामीले गाग्री घैंटोमा पानी ल्याउन सक्ने ल्याकत राख्ने मान्छे बनाउन चाहेका छौं । चम्चा, कटौरा वा अमखोराको एक दुई घुटको पानीले के तिर्खा मेटाउन सकिन्छ त ? बरु गाग्रो र घैंटोभरी ल्याए घर परिवारलाई पुग्छ र अरुको पनि प्यास मेटाउन सकिन्छ । हो यो सोंच र त्यागि, अध्ययनशिल। अनुशासित र स्वसामथ्र्य भएको विद्यार्थी बनाउन चाहे छौं । मलाई आशा छ यो लक्ष्यमा पुग्ने अपेक्षमा रहेका छौं ।

हामीले हाम्रा छोराछोरीहरु रोजगारीमूलक शिक्षा यहीं अध्ययन गर्न पाउन्, यहीं काम गरुन र उद्यमशीलताको विकास गरेर अरुलाई पनि काम दिन सकुन भनेर ११३ जना साथीभाईहरु मिलेर कलेल खोलेका थियौं । ५ रोपनीबाट सुरु भएको कलेजको बिसर अहिले २९ रोपनीमा रहेको जानकारी दिए ।

विद्यार्थीहरु हाम्रा पनि छोराछोरीहरु हुन् । उनीहरुलाई छोराछोरी सरहको व्यवहार गर्दै अध्ययनका साथमा विभिन्न अतिरीक्त क्रियाकलापमा हसभागि गराउँछौं । यो कलेजलाई रोज्नुको अर्थ धेरै पैसाका खर्च गर्नुपर्ने बाध्याताबाट मुक्त हुनु पनि हो उनले भने । विद्यार्थीलाई विद्यालयको बसबाट यात्रा गर्न र अभिभावकलाई मोटईसाईकल, स्कुटरको डिमान्ड नगर्न उनले सुझाए । म गर्न सक्छु, यढ्न सक्छु अनि सक्षम भएर चाहेको किन्न सक्छु भन्ने आँट गरेर अगाडी बढ्न उनले सल्लाह दिए । उनका अनुसार पोखराका सबै नाकाहरुमा कलेजका बसहरु आउने जाने भएकोले निःशुल्क बसको सेवा लिन अनुरोध गरे । यसो गर्दा वातावरण प्रदुषण न्युनिकरणमा पनि सघाउ पुग्ने पालिखेले बताए । कलेज कमिकमजोरि वा केहि सल्लाह सुझाव भए तुरुन्त कलेजमा आएर दिन पनि उनले अनुरोध गरे ।

अन्तराष्ट्रिय लाईफ कोच नर बहादुर कार्किले जीवनमा सफलता प्राप्तिका लागि आफै भएको र अरुको भरमा परे सफलता प्राप्त नहुने ठोकुवा गरे । तपाँईलाई केहि गर्नुछ, बन्नुछ भने त्यो सबै तपाँईले गर्नै पर्छ र तपाँईले त्यो सक्नुहुन्छ मात्रै इच्छाशक्ति लगाउनु पर्यो र दृढ हुनुपर्यो ।

हालसम्म ९० बढी देशका साढे ३ लाख मानिसलाई जीवन बनाउने कला, ज्ञानका कुराहरु दिईसकेका कर्णालीको जाजरकोटका अन्तराष्ट्रि लाईफ कोच कार्किले हरेक व्यक्ति दूरदर्शि हुनुपर्ने र त्यसले भविष्यमा उज्यालोे ल्याउने बताए ।
मानिसले चाहनु मात्रै पर्छ जे पनि गर्न सक्छ त्यसका लागि लगनशिल, आत्मविश्वास र आँटिलो हुनुपर्छ । उत्प्रेरक कार्किले भने, प्रत्येक व्यक्तिमा अदभ्य शाहस र शक्ति हुन्छ । त्यो शक्तिलाई प्रयोग गर्नुपर्छ । प्रत्येक व्यक्ति नायक हो । नायक हुनका लागि नायकत्वहरुलाई चिन्नुपर्छ, दुःख गर्नुपर्छ र संस्कारयुक्त वातावर निर्माण गर्नुपर्छ ।

हरेकले संस्कार संगसंगै सम्भाव्यता र जीवनमा हसन चाहेका सपनाहरु देख्नुपर्छ । हरेक दिन उठ्ने बित्तिकै आफ्ना सपनाहरुको बारेमा सोच्ने र गर्ने बानिको विकास नगरी हुँदैन । अहिले राम्ररी पढ्ने बेला हो राम्ररी पढ्नपर्छ । सपना देखेर मात्रै पनि हुँदैन तिनिहरुलाई साकार पार्न अध्ययनशिल, अनुशासित र आदरभावयुत्तः हुनु जरुरी हुन्छ, कार्किले भने ।

यहाँ कसैले कसैलाई बनाउदै बन्ने आफै हो । कार्किले भने, बुद्धले भने झै जीवनमा दुःख छ र दुःखको कारण पनि छ । त्यो दुःखको कारणको निवारण पनि छ र गर्नसकिन्छ । अनि दुःखलाई मेटाउने वा निवारण गर्ने दायित्व अरु नभई तपाँई स्वयं नै हो ।

अभिभावकले पनि छोराछोरिहरुको बारेमा चासो राख्ने, उनीहरुको लागि समय दिने र छोराछोरीले पनि निर्धक्कका साथ अभिभावकसंग आफुलाई लागेका कुराहरु भन्ने संस्कारको विकास गर्नुपर्ने बताए ।

समय र उमेर अनुसार रुचि र कामको दायित्व बोध हुँैदै जाने भएकोले नआत्तिने, नमात्तिने र समय अनुसार उचति कार्यहरुमा ध्यान दिदै गएको खण्डमा सफलताको उचाईमा पुग्न कसैले छेक्न सक्दैन । धैर्यताले मानिसलाई धेरै खतराहरुबाट बचाउछ ।

कार्किले जीवनका लागि अति आवश्यक कुराहरु कहिले नमाग्ने बरु दिने व्यक्ति बन्नुपर्ने, कसैलाई दोषि नलगाउने, अरुलाई नियन्त्रण गर्न नखोज्ने र कसैका कुराहरुको निर्णय नगर्ने बानिको विकास गरे हिरो अर्थात नायक तपाँई पक्कै बन्नुहुन्छ यसमा कुनै शंका छैन ।

कार्यक्रममा कक्षा १२ का विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यार्थी तथा अभिभावकलाई कलेजका अध्यक्ष अशोक पालिखे, बोर्डका सदस्य जयराम हमाल, कृष्ण बहादुर थापा, प्रिन्सिपल प्रकाश रेग्मी, भाईस प्रिन्सिपल राजकुमार कार्कि, बीएचएम, बीबीए, बीबीए(बीआई कोअर्डिनेटर जोक बहादुर थापा, प्लस टू कोअर्डिनेटर दीनेश कुमार यादव लगायतले फूलमाला र खादाले सम्मान तथा स्वागत गरेका थिए ।

कार्यक्रमको समापन गर्दै कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले शैक्षिक सफलताका लागि अभिावक, कलेज प्रशासन तथा विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध मजबुत् बनाउनु पर्नेमा जोड दिए । यो कलेज र राष्ट्रिय रुपमा ब्राण्डिङ भईसकेको छ । देशबाट मात्रै नभई विदेशमा पनि यसका बारेमा चासो बढेको छ । हाम्रो सम्बन्ध अन्तराष्ट्रमा पनि जोडिएको छ । हाम्रा लकेजको शैली टीमवर्कमा चल्ने शैली हो ।

हरेक नयाँ दिनलाई मुस्कानसहितको, प्रगतिकोे, सोंचको नयाँ दिनको रुपमा लिनुपर्छ भन्ने मान्यता बोकेका छौं प्रिन्सिपल रेग्मीले भने । उनले दुई वर्ष पढिसकेपछि विद्यार्थीलाई बाहिरभन्दा कम खर्चमा कलेजमा बीबीए, बीएचएम, बीबीए फाइनान्स र इएमबीएका कक्षहरु संचालन भईरहेको जानकारी दिए । उनले जेहेन्दार विद्यार्थीका लागि स्करसिपको व्यवस्था रहेको बताए ।

कार्यक्रमको संचालन एक्जाम कोअर्डिनेटर शुरेसराज अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0