
गण्डकी, १३ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
उर्मिला सहित उहाँका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिनुुभयो ।
“हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ”, उहाँले भन्नुुभयो, “उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुुभएको रहेछ ।”
घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उहाँहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिनुुभयो । उहाँहरूकाबारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
हायूको परिवारका सदस्यहरु
फेला परेका निम्न अनुसार नाम सहित तल उल्लेख गरिएको छ ।
१) बर्ष ५२ की उर्मिला हायु (आमा) (सोमनाथ पौडेलको घरमा)
२) बर्ष २७ की कमला हायु (छोरी) सोमनाथ पौडेलको घरमा
३) बर्ष २३ की कोमल माया हायु (बुहारी) सोमनाथ पौडेलको घरमा
४) बर्ष १९ की सुजता हायु (छोरी) (काठमाण्डौ रहेको भन्ने बुझिएको)
५) बर्ष १८ की अस्मिता हायु (छोरी) सोमनाथ पौडेलको घरमा
६) बर्ष १२ की सान्ता हायु (छोरी) सोमनाथ पौडेलको घरमा
७) बर्ष २४ को हिमाल हायु (छोरा) (सोमनाथ पौडेलको घरमा)
८) बर्ष १४ को बेग बहादुर हायु ( छोरा) (सोमनाथ पौडेलको घरमा)
९) बर्ष ११ को लक्की हायु (छोरा) (सोमनाथ पौडेलको घरमा)
१०) बर्ष १० की ओम कुमारी हायु (छोरी) (सोमनाथ पौडेलको घरमा)
११) बर्ष १ को अर्जुन हायु (नाती) (सोमनाथ पौडेलको घरमा)
१२) बर्ष ४ की रियासा हायु ( नातिनी ) (सोमनाथ पौडेलको घरमा)
१३) बर्ष १२ को पुर्ण हायु (सोमनाथ पौडेलको घरमा)
१४) बर्ष २२ की उषा हायु (छोरी) (चन्द्र भण्डारीको घरमा)
१५) बर्ष २९ को राजु हायु (छोरा) (चन्द्र भण्डारीको घरमा)
१६) बर्ष १६ को लाल बहादुर हायु ( छोरा) (चन्द्र भण्डारीको घरामा)
श्रोत जिल्ला प्रहरी कार्यालय कास्की ।






















