Home headline main इन्टरसिटी एडभेन्चर ट्राभल्सकाे पर्यटक लक्षित छोरेपाटन-काठमाडौं लग्जरी बस सेवा सुरु

इन्टरसिटी एडभेन्चर ट्राभल्सकाे पर्यटक लक्षित छोरेपाटन-काठमाडौं लग्जरी बस सेवा सुरु

इन्टरसिटी एडभेन्चर ट्राभल्सकाे पर्यटक लक्षित छोरेपाटन-काठमाडौं लग्जरी बस सेवा सुरु

पाेखरा, १६ असार। इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रा.लि.ले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ।

पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले आज रिबन काटेर बसको उद्घाटन गर्दै यात्रुको आवश्यकता र चाहनाअनुसार गुणस्तरीय, आरामदायी र प्रविधिमैत्री सेवा प्रदान गर्न समितिसहित व्यवसायीहरू नयाँ लगानी र पहलमा सक्रिय रहेको बताए। उनले समय र प्रविधिको मागअनुसार सेवाहरू परिमार्जन गर्न नसके व्यवसायमै पछि पर्ने अवस्था आउन सक्ने समेत बताए ।

निकट भविष्यमा मिनिबार सुविधा र थप प्रविधियुक्त गाडीहरू सञ्चालन गर्ने तयारी समितिको रहेको अध्यक्ष केसीको भनाई छ । यो बस सञ्चालनका लागि काशीराम न्यौपाने र अमित बहादुर भण्डारी `माइला’ले संयुक्त रूपमा ४ करोड रुपैयाँ लगानी गरेका छन्। छोरेपाटनमा काउण्टर रहेको यस कम्पनीले पर्यटक लक्षित चार वटा बस मार्फत पोखरा-काठमाण्डौ र काठमाण्डौ – पोखरा गरी दैनिक सेवा दिने छ ।

“पर्यटक तथा स्थानीय यात्रीका लागि सहज र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो,” सञ्चालक न्यैपानेले भने । उनका अनुसार यो सेवा काठमाडौं–पोखरा यात्रा अझ सुरक्षित, आरामदायी र व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको हो।

न्यैपानेका अनुसार, गाडीमा वाइफाइ, आरामदायी सिट, सीसीटीभी सुरक्षा र अनुभवी चालकको व्यवस्था गरिएको छ। यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै नियमित मर्मतसम्भार तथा समयमै सेवा सुरुवातमा विशेष ध्यान दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here