
नारायण शर्मा, पूर्वी नवलपरासी १६ असार । महेन्द्रराजमार्ग अन्तरगत पूर्वी नवलपरासीको दुम्कीवास स्थित बिनयी खोलामा नवनिर्मित पक्कि पुल आउदो शनिवारवाट संचालनमा आउने भएको छ ।
पुल ढलान भएको ४ साता पछि यो पक्कि पुलवाट यातायात संचालन हुने भएको हो ।
सडक आयोजन पूर्वी खण्डका प्रमुख ईश्वर बहादुर रिजालले सोमवार चिनिया ठेकेदार कम्पनी, कल्सल्टयान्ट र आफु बिच भएको सल्लाह अनुसार आउदो शनिवार सांझवाट त्यहाँ यातायात संचालन हुने जानकारी दिए ।
बिनयी खोलामा ५२ वर्ष अघि निर्माण गरिएको फलामे पुलमा मालबहाक ट्रक हिडदा गत पुस २६ गते भाँच्चिएपछि त्यहाँ डाइभर्सन सडक निर्माण गरेर यातायात संचालन हुदै आएको छ ।
महेन्द्रराजमार्गको दुम्कीवासदेखि करिब ४ किलोमिटर पश्चिममा रहेको विश्वकर्मा वावाको मन्दिर आसपासमा सामान्य वर्षँ हुनासाथ हिलोमा गाडि फस्ने र जाम हुने समस्या दोहोरीरहेको छ ।
आयोजना प्रमुख रिजालले चिनिया ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिंग कर्पोरेशन र परामर्शदाता कम्पनीलाई अबको दुई महिना सबै शक्ति दाउन्ने सडकमा केन्द्रित गरेर काम गर्न निर्देशन दिएको सुनाए । त्यहाँ अब काम गर्न र रिजल्ट दिन चिनिया पक्ष सकारात्मक देखिएको छ रिजालले भने वर्षादले काम गर्न समस्या भएपनि अब देखिनेगरि काम हुन्छ ।


























