पोखरा, १३ असार । पोखरा महानगरपालिका वडा नं ३ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा नर्विाचन शिक्षण सिकाईपछि देशको संघ, प्रदेश र स्थानीय निर्वाचन प्रणाली अनुसार कुमुदिनी साहित्यिक मञ्च गठन गरिएको छ ।

मञ्चको अध्यक्षमा कक्षा १२ व्यवस्थापनका योमन श्रेष्ठ निर्वाचित भएका छन् । चरा पार्टीका श्रेष्ठले ११८ मत पाएर चयन भएका छन् ।

उपाध्यक्षमा कक्षा १० ग का कलम पार्टीका प्रतिक पौडेलले १०० मत पाएर निर्वाचित भएका छन् । सचिवमा कक्षा ९ क का चरा पार्टी लियोन पुनले १११ मत पाएर विजयी भएका छन् । कोषाध्यक्षमा चरा पार्टीकै कक्षा ९ ग का एन्सि पुनले १११ मत पाएर विजयी भईन् ।

सदस्यहरुमा कक्षा ८ ग की खरायो पार्टीकी साईरा गुरुङले ११२ मत, कक्षा ८ क का दूरबिन पार्टीका यसब परियारले १४४ मत, ८ ग की गैंडा पार्टीकी आईसा गुरुङले १४३ मत, कार पार्टीका सोयन्स पराजुलीले १३७ मत र सर्प पार्टीकी प्रशन्नता अधिकारीले ११९ मत पाएर विजयी भईन ।

समानुपातिकतर्फ थ्रेस होल्ट कटाएका कक्षा १० ख का चरा पार्टीका सक्षम छिनाल, कलमका कक्षा १० ग का समर्पण तिमिल्सिना, कक्षा १२ व्यवस्थापनका घडीका प्रमिश थापा र कक्षा ख किताबका निशा छन्त्याल विजयी भएकी छन् ।  निर्वाचन अधिकृत अनुपमणी अधिकारीका अनुसार २ जना सदस्य कक्षा ११ बाटपछि मनोनित गरिने भएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त इन्द्रप्रसाद सुवेदी, आयुक्तहरु अभिषेक विश्वकर्मा, झलक सुवेदी, सुस्मा अमात्य, सजनी माजु श्रेष्ठ र निर्वाचन अधिकृतमा अनुमणी अधिकारी रहेका शिक्षक सुरेन्द्र सदिच्छाले बताए ।

निर्वाचनमा कुलदाता ४१६ रहेकोमा ३६६ मत अर्थात ८९ प्रतिशत मत खसेको थियो । कुमुदिनी साहित्यक मञ्चको निर्वाचनबाट विजयी हुन नसकेका साहित्यका पारखीहरुलाई मञ्चको उत्थानको लागि सल्लाहकारको रुपमा राखिने भएको छ ।

यसैबीच, विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विजयी उम्मेदवारहरुलाई वधाई दिदैं फूलमाला लगाईदिए । गणीत शिक्षक मन बहादुर भुजेलले अबिर लगाईदिएका थिए ।

सो अवसरमा अध्यक्ष पालिखेले सामाजिक शिक्षण सिकाईका लागि निर्वाचन शिक्षा पनि रहेकोमा विद्यार्थीहरुलाई यसको बारेमा जानकारी दिएको बताए ।

उनले आगामी निर्वाचनमा पनि मताधिकार लागि उमेर पुग्नेहरुका लागि विद्यालयको साहित्यिक मञ्चको निर्वाचनले प्रष्ट पारेको बताए । उनले संघ, प्रदेश र स्थानीय तहमा हुने निर्वाचनको मोडलमा निर्वाचन केन्द्र, बुथ तथा आवस्यक संरचना बनाएर निर्वाचन सम्पन्न भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
1