पोखरा, ११ असार । पोखरा महानगरपालिका वडा नं ३ मा रहेको यस क्षेत्रकै छात्राहरु अध्ययन गर्ने कन्या मा.वि. नदीपरको ६९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।

पोखरा वडा नं ३ का अध्यक्ष प्रकाशमान उदासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम विभिन्न पुरस्कार, छात्रबृत्ति वितरण, विविध सांस्कृतिक कर्याक्रमका साथ सम्पन्न भएको हो ।

यस क्षेत्रको नारि शिक्षाका लागि समर्पित विद्यालयको ६९ औं वार्षिक उत्सव कार्यक्रममा सरिक हुन पाउनु पनि भाग्यकै कुरा भएको प्रमुख अतिथि उदासले बताए । यस्तो जो कोहिले कहाँ पाउँछन् ? मेरो कार्यकालमा विद्यालयको लागि सक्दो सहयोग गर्दै आएको र के गर्नुपर्नेछ ? योजना ल्याउनु भएमा वडाले त्यसको लागि पहल गर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बुढाथोकीले विद्यालयको विगतको इतिहास र वर्तमानको विकास र कार्ययोजनाबारे प्रतिवेदन पेस गरे । ६८ वर्ष अगाडी तत्कालिन व्यवस्थापन समितिका सचिव प्रदीपशंकर पालिखेले भूमि प्रदान गर्नुभयो । यहाँका शिक्षा प्रेमीहरुको सहयोग र होस्टेमा हैंसेले विद्यालय यहाँ आईपुगेको बताउँदै अग्रजहरु, शिक्षकहरु र अभिभावकहरु युगौंयुगसम्म सम्झनामा रहिरहने बताए ।

प्रध्यानाध्यापक बुढाथोकीले २०२७ सालमा श्री ५ बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहले ४२ हजार प्रदान गरेर सुरु भएको विद्यालय हाल परिवर्तित व्यवस्था अनुसार कन्या मा.विमा परिणत भएको छ । २०१४ सालमा प्रा.वि, २०१७ सालमा निमावि र २०२२ सालमा माविको पढाई सुरु भएको विद्यालयमा हाल कक्षा ११ र १२ को पढाई भईरहेको छ ।

प्रअ बुढाथोकीले हाल ४१३ जना कन्याले अध्इयन गरिरहेको बताए । उनले कक्षा ८ देखि सिपमूलक शिक्षाका कार्यक्रमहरु रहेको र कक्षा ११ र १२ मा व्युटिसियन तथा होटल म्यानेजमेन्टको अध्यापन भईरहेको बताए ।

प्रअ बुढाथोकीले विद्यालयको विकासको लागि विविभन्न संस्था, सामाजिक तथा शिक्षाप्रेमी र सहयोगदाताको सहयोगलाई कहिल्यै भूल्न नसकिने बताए । शैक्षिक तथा अतिरीक्त क्रियाकलापका लागि वडा नं ३ बाट २ लाख ८५ हजार, महानगरबाट भेण्डिङ मेसिन प्राप्त भएको, रजनी कोईरालाले हलको सजावटको लागि पंखा, जिप्सन लगायतका कार्यमा सहयोग गरेको, ग्लोबल आईएमई बैंकबाट ५० हजारको शैक्षिक सामग्री प्राप्त भएको, गरिमा विकास बैंकबाट रु ५० हजार, कृषि विकास बैंकबाट रु १ लाख प्राप्त भएको बताए ।

उनले कन्याका लागि किशोरी स्वास्थ्य, साईबर सुरक्षा, मानवबेचबिखन लगायतका विषयमा तालिम र परामर्शका कार्यक्रम गर्दै आएको बताए । विद्यालय व्यवस्थान समितिका अध्यक्ष चिरञ्जिवि द्वाको अध्यक्षतामा भएको कार्यक्रम तारानाथ भणरीले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0