
काठमाडौं, ७ असार । आज अन्तर्राष्ट्रिय सङ्गीत दिवश विभन्न कार्यक्रम गरेर मनाइएकाे छ ।
दिवशकाे पारेर राग रागिनी ईन्टरटेनमेन्टले गायक कपिल कसपाल तथा गायिका टुना थापाको स्वर रहेको गीत `नेपालको छोरो’ तथा `नेपालकी छाेरी´ को पोस्टर सार्बजनिक गरेकाे छ ।
गीतमा शब्द गायक तथा संचारकर्मी कपिल कसपालको रहेको छ । सङीत वरिष्ठ सङ्गीतकार तथा अरेन्जर भुपेन्द्र रायमाझीको रहेको छ ।
गीत म्युजिक सिटि स्टुडियोमा रेकर्ड गरिएको हो भने यसलाई रेकर्डिस्ट प्रकाश श्रेष्ठले रेकर्ड गरेका हुन् । गीतको भिडियोको निर्देशन निशान एस.के.ले गरेका छन् ।
निर्माण टाेलीले गीतकाे भिडियाे छिट्टै एक औपचारिक कार्यक्रम गरेर लोकार्पण गरिने रागिनी ईन्टरटेनमेन्टकी अध्यक्ष पार्बती श्रेष्ठले बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






















