पोखरा, ६ असार । पाेखरा ३ नदीपुर भिसि मार्गमा रहेको माउण्ट अन्नपूर्ण मा।विमा अतिरिक्त क्रियाकलाप अन्तरगर्त टोष्ट मास्टर कार्यक्रम (भाषण कला अभिबृद्धिंं) आयोजना भएको छ ।

शुक्रवार भएको उक्त कार्यक्रममा पन्ध्र सहभागी विद्यार्थीमध्ये अनुपम पौडेल, कस्मिक विश्वकर्मा, प्रस्ताव विश्वास र स्नेहा किसानले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरे।

कार्यक्रममा आफ्नो भनाई राख्दै विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक  तेजबहादुर गुरुङले विद्यार्थीहरूको भाषण कलालाई प्रभावकारी तरिकाले बिकास गर्नको लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कार्यक्रमको उदेश्यमाथि प्रकास पार्दे गुरुङले विशिष्ट मूल्याङ्कनकर्ता, व्याकरण परीक्षक, थेगो गणक र समयपालकमार्फत प्रतियोगी विद्यार्थीको बहुपक्षीय मूल्याङ्कन गर्ने उद्धेश्य रहेकाे बताए । कार्यक्रममा फरक–फरक तिन शीर्षकमा वक्तृत्वकला कार्यक्रम समेत भएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले एवं मूल्याङ्कनकर्ताको भूमिका निर्देशक अशोक शाहीले गरेका थिए । यसरी नै कार्यक्रम सञ्चालन शिक्षिका सेजल विजुक्छेले गरे भने स्वागत विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक उमेश खनालले गरेका थिए ।

कार्यक्रममा सहभागिहरु सबैलाई धन्यबाद ज्ञापन शिक्षक दुर्गादत्त सुवेदीले गरे । समयपालको भूमिका शिक्षक नन्द गुरुङ र सुधा सिकेले गरे।

यसैबिच विद्यालयमा अन्तराष्ट्रिय योग दिवसको अवसरमा बिहानको एसेम्लीमा बिद्यालयका लेखा प्रमुख तथा गण्डकी प्रदेश पातञ्जल समितिका कोषाध्क्षय नवराज शर्माले विद्यार्थीहरुलाई २० मिनेट योग अभ्यासको प्रशिक्षण गराए। यस्तै शिक्षक अस्विन कोइरालाले अन्तराष्ट्रिय योग दिवसको बारेमा जानकारी दिए ।

माउण्ट अन्नपूर्ण मा‍‍.वि गण्डकी प्रदेशकै पहिलो निजि स्तरबाट सञ्चालित बिद्यालय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0