
याङगुन, ५ असार । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाउनुभएको छ ।
हिरासतमा उहाँले आफ्नो बाँकी जीवनभर चल्ने सजायहरू भोगिरहनुभएको छ । सुकी म्यान्माको एक दशकको लोकतान्त्रिक सुधारकालको प्रतिनिधि व्यक्तित्व हुनुहुन्थ्यो र सैन्य शासनबाट खुल्दै गर्दा उहाँ वास्तविक नेत्री बन्नुभएको थियो ।
तर सन् २०२१ को विद्रोहमा जनरलहरूले सत्ता फिर्ता लिएपछि उहाँ भ्रष्टाचारदेखि लिएर कोभिड–१९ महामारीको प्रतिबन्ध उल्लङ्घन गर्ने अभियोगमा बन्दी बनाइनुभयो र २७ वर्षको सजाय भोगिरहनुभएको छ । “यो क्षणमा उत्सव मनाउन गाह्रो हुनेछ”, बेलायतका उहाँका ४७ वर्षीय छोरा किम एरिसले भन्नुभयो, “यो यति लामो समयदेखि चलिरहेकाले हामीले सहन सिकेका छौँ ।”
उहाँले आफ्नी आमाको जन्मदिनसम्मका आठ दिनमा ८० किलोमिटर (५० माइल) दौडिरहनुभएको छ र आफ्नी आमाका लागि ८० हजारभन्दा बढी शुभकामना भिडियो सन्देशहरू सङ्कलन गर्नुभएको छ । तर सुकीले ती देख्न पाउनु हुनेछैन । उहाँ म्यान्माको फैलिएको राजधानी नेपिडोमा एकान्तमा हुनुहुन्छ जहाँबाट सेनाले गुरिल्ला लडाकूहरूविरुद्ध गृहयुद्धको निर्देशन गर्छ ।
एरिसले आफ्नी आमा जेल परेदेखि दुई वर्षअघि पत्रमार्फत एक पटक मात्र आफ्नी आमाबाट सुनेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























