काठमाडौं, ५ असार । साताकाे सुनचाँदीकाे काराेबार हुने पाँचाै दिन बिहिबार नेपाली बजारमा सुनचाँदीकाे भाउ घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ २५ ले घटेकाे जनकारी दिएकाे छ ।

छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेकाे छ । यस दिन चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको भाउले नयाँ उचाई बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0