काठमाडौं, ४ असार । साताकाे शेयर काराेबार हुने चाैथाे दिन साेमबार नेपाली बजारमा झिनो अंककाे गिरावट देखिएकाे छ ।

नेप्से परिसूचक १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.११ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंकले घटेको छ।

यसदिन कारोबारमा केहि बृद्धि भएकाे छ । हिजाे साढे ७ अर्ब बराबरको काराेबार भएकाेमा बुधबार ३१४ कम्पनीहरुकाे ७८ हजार १३ पटकको कारोबारमा ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ४६ हजार कित्ता शेयर किनबेच भएकाे छ।

पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ। कम्पनीको शेयरमूल्य १०९ रुपैयाँ ७० पैसा बढेर १ हजार २०७ रुपैयाँ २० पैसा पुगेकाे छ । जोशी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत बढी बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले घटेको छ।

कारोबारकेा आधारमा सानिमा माइ हाइड्रोपावर सबैभन्दा अगाडी रहेकाे छ। कम्पनीको ७१ करोड ७८ लाख बराबरको शेयर कारोबार भएको छ। सिंगटी हाइड्रो इनर्जीको ६२ करोडको र बुटवल पावर कम्पनीको ४५ करोड बढीको काराेबार भएकाे छ।

यसदिन १३ उपसमूहमध्ये ५ वटाकाे परिसूचक बढेको छ । ८ वटाकाे घटेको छ। जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको नेप्सेले जनाएकाे छ। विकास बैंक र होटल तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशत बढीले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0