
काठमाडौं, २ असार । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीकाे भाउ स्थिर रहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनचाँदीकाे भाउमा घटबढ नभएकाेले आईतबारकै भाउमा काराेबार भइरहेकाे छ ।
यसदिन छापावाल सुनकाे भाउ स्थिर रहेर प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार पनि छापावाल सुन ताेलाकाे साेहि भाउमा काराेबार भएकाे थियाे ।
साेमबार चाँदीको भाउ पनि स्थिर रहेर काराेबार भइरहेकाे छ । याे हालसम्मकै उच्च विन्दुमा रहेकाे भाउ पनि हाे । गएकाे शुक्रबार बजारमा कायम भएको मूल्यलाई आधार मानेर यसदिन चाँदीको कारोबार हुँदैछ । चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























