शुक्लागण्डकी, २४ जेठ । “Empowering Mathematics Educators for 21st Century Learning” विषयक तीनदिने तालिम आजदेखि सुरु भएको छ। तालिम शुक्ला गण्डकी नगरपालिका तथा काठमाडौँ विश्वविद्यालयले आयाेजना गरेका हुन् ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनको Teacher Professional Development कार्यक्रम अन्तर्गत सञ्चालन गरिएकाे तालिममा काठमाडौँ विश्वविद्यालयका प्रशिक्षकहरू पूर्णबहादुर क्षेत्री, राजन धरेल र सूर्य मोहन आचार्यले सहजीकरण गरिरहेका छन्।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका अभिभावकहरू डा‍.विनोद प्रसाद पन्त, इन्द्रमणि श्रेष्ठ र डी.आर. सिमखडाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख, उप–प्रमुख, शिक्षा शाखा प्रमुख, शिक्षा शाखा अधिकित, पञ्चमुनिदेव माध्यमिक विद्यालय परिवार तथा सम्पूर्ण विद्यालयबाट सहभागी गणित विषयका शिक्षकहरूको उल्लेखनीय उपस्थिति र सक्रिय सहभागिता रहेकाे थियाे ।

शिक्षकहरुकाे सहभागिताले तालिमको पहिलो दिनलाई विशेष बनाएको बताइएकाे छ। आयाेजकले सम्पूर्ण सहभागीहरूलाई आभार व्यकत गर्दै आगामी दिनहरूका कार्यक्रमहरुमा पनि सक्रिय भएर उत्साहका साथ तालिमलाई बढी प्रभावकारी र फलदायी बनाउने अपेक्षा गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0