पोखरा, असोज २२ । पोखरा–३, नदीपुर भिसि मार्गस्थित माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच नेपाली तथा अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। बिहीबार विद्यालयमा आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले ‘युवाको चाहना र अभिभावकका अपेक्षा’ विषयमा आफ्ना धारणा, विचार तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। प्रतियोगितामा विद्यार्थीहरूले युवाका आकाङ्क्षा, अभिभावकका अपेक्षा तथा पुस्ताबीचको सम्बन्धलगायतका विषयमा गहन विचार व्यक्त गरेको विद्यालयका प्रधानाध्यापक सइन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो। विद्यार्थीहरूको वक्तृत्व क्षमता, आत्मविश्वास, सिर्जनात्मक सोच र आफ्ना विचारलाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो। यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकासका साथै अध्ययनबाहेकका क्षेत्रमा समेत प्रतिभा प्रस्फुटन गराउन अवसर प्रदान गर्ने उहाँको भनाइ थियो। प्रतियोगिताको परिणाम:
  • अङ्ग्रेजी वक्तृत्वकलातर्फ:
    • प्रथम: जेनिफमा गुरुङ (कक्षा १२ ‘ए’, व्यवस्थापन)
    • दोस्रो: प्रतीक्षा तामाङ (कक्षा ११, कम्प्युटर साइन्स)
    • तेस्रो: खुसी कुमारी सराफ (कक्षा ११, कम्प्युटर साइन्स)
    • सान्त्वना: राइसा खातुन (कक्षा ११ ‘ए’)
  • नेपाली वक्तृत्वकलातर्फ:
    • प्रथम: निशान तिलिजा (कक्षा ११, कम्प्युटर साइन्स)
    • दोस्रो: श्रीया परियार (कक्षा १२ ‘ए’, व्यवस्थापन)
    • तेस्रो: अनिष्मा नेपाली (कक्षा ११ ‘बी’, होटेल म्यानेजमेन्ट)
    • सान्त्वना: पङ्कज श्रीरिस (कक्षा १२ ‘बी’, होटेल म्यानेजमेन्ट)
प्रतियोगितामा नेपालीतर्फ नेपाली विभाग प्रमुख दण्डपाणि सुवेदी र दुर्गादत्त सुवेदी तथा अङ्ग्रेजीतर्फ अङ्ग्रेजी विभाग प्रमुख अनिल पराजुली र कृष्ण लम्साल निर्णायकका रूपमा रहनुभएको थियो। प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक श्रेष्ठ, प्रशासक चित्र गुरुङ तथा शैक्षिक संयोजक गोविन्द सुवेदीले प्रमाण पत्र तथा पदक वितरण गर्नुभएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0