काठमाडौं, २२ असोज। स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले बढेको छ भने चाँदीको मूल्यले रु ३५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९० कायम भएको छ ।

बुधबार छापावाल एक तोला सुनको मूल्य रु दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0