
बेइजिङ, १९ असोज । चीनले सुरु गरेको विश्वव्यापी विकास पहल पाँच वर्ष पूरा भएको छ । पछिल्लो समय यो पहल विकासोन्मुख देशका आवश्यकता पूरा गर्न व्यवहारिक सहयोगमा बढी केन्द्रित हुँदै गएको संयुक्त राष्ट्रसंघको एक वरिष्ठ अधिकारीले बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको दक्षिण–दक्षिण सहकार्य कार्यालयको निर्देशक दिमा अल–खतिबले यो पहलले विकासका लागि देशहरूबीच साझेदारी, ज्ञान र स्रोत जुटाउन सहयोग गरेको बताउनुभयो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका अनुसार सन् २०२४ को अन्त्यसम्म यस पहलअन्तर्गत ६ सयभन्दा बढी परियोजना सुरु भइसकेका वा सञ्चालनमा रहेका थिए ।
सन् २०२५ को मार्चसम्म परियोजनाका लागि १४ अर्ब अमेरिकी डलर बराबरको लगानी प्रतिबद्धता जुटाइएको थियो । विकासोन्मुख देशलाई सहयोग अल–खतिबका अनुसार दक्षिण–दक्षिण सहकार्यको उद्देश्य एउटा देशको अनुभव अर्को देशको आवश्यकता अनुसार प्रयोग गर्नु हो ।
यसअन्तर्गत ६० भन्दा बढी प्राविधिक संस्थालाई जोडेर विकासोन्मुख देशबीच सहकार्य बढाउने परियोजना सञ्चालन भइरहेको छ । पश्चिम अफ्रिकामा धान उत्पादन बढाउन प्रविधि र तालिम दिइँदैछ । यसबाट कृषि उत्पादन बढाउनुका साथै उत्पादनपछि हुने क्षति घटाउने र ग्रामीण क्षेत्रमा रोजगारी तथा आम्दानी बढाउने लक्ष्य राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























