
काठमाडौं, २० जेठ । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेकाे छ । सुन ताेलामा दुई हजार ९०० रुपैयाँले बढेको छ । चाँदीमा रुपैयाँ ५५ ले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
पछिल्ला दिनमा सुनको भाउ निरन्तर बढीरहेको अवस्थामा मंगलबार तोलामै २९ सयको बढेकाे छ ।
महासंघले चाँदीको भाउ पनि उल्लेख्य बढेको जनाएकाे छ । आज चाँदी प्रतीतोला ५५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतीतोला एक हजार ९९० रुपैयाँ खरिदबिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























