
वासिङ्टन, १८ जेठ । संयुक्त राज्य अमेरिकाले इरानलाई आणविक सम्झौताको एक प्रस्ताव पठाएको छ । उक्त प्रस्तावलाई ह्वाइट हाउसले ‘स्वीकार्य’ र स्वीकार गर्नु इरानको ‘सर्वोत्तम हित’ मा रहेको बताएको अमेरिकी मिडियाले शनिबार रिपोर्ट गरेको छ ।
यो प्रस्ताव संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले इरानले उच्च संवर्धित युरेनियमको उत्पादन बढाएको भनेको केही समयपछि आएको हो । इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार तेहरानको भ्रमणका क्रममा उहाँका ओमानी समकक्षीले उहाँलाई ‘अमेरिकी प्रस्तावका तत्वहरू’ प्रस्तुत गर्नुभएको बताउनुभयो ।
“विशेष दूत विटकफले इरानी शासनलाई विस्तृत र स्वीकार्य प्रस्ताव पठाउनुभएको छ र यसलाई स्वीकार गर्नु उनीहरूको सर्वोत्तम हितमा छ”, ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले न्युयोर्क टाइम्सलाई बताउनुभयो ।
कूटनीतिक आदानप्रदानसँग परिचित अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सका अनुसार यो प्रस्तावलाई पूर्ण मस्यौदाको सट्टा बुलेट विन्दुहरूको शृङ्खलाका रूपमा वर्णन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























