पोखरा, ७ चैत । नेकपा एमाले पोखरा महानगरपालिका वडा नं ५ को खुल्ला रक्तदान कार्यक्रमबाट ४४ युनिट गत संकलन भएको छ ।

एमाले वडा नं ५ का अध्यक्ष लक्ष्मण वरालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि महानगर कमिटि इन्चार्ज दिलिप विक्रम शाहीले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा ठूलो मानवीय कार्य भएको बताए।

उनले रक्तदानले बिरामी र दुर्घटनामा परेका व्यक्तिहरूलाई नयाँ जीवन दिन सक्ने भएकाले स्वस्थ नागरिकले नियमित रूपमा रक्तदान गर्नुपर्ने बताए।

उनका अनुसार अस्पतालहरूमा आपतकालीन अवस्थामा रगतको अभाव हुने समस्या अझै पनि देखिने गरेको छ। यस्तो अवस्थामा युवाहरू, सामाजिक संघ–संस्था तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा एमाले कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्री, पूर्व संघिय सांसद दामोदर बैरागी, रेडक्रस जिल्ला उपाध्यक्ष रमा कोईराला, उज्जवल खत्री, कल्पना भुवाजि, हरि सुनार, वडाध्यक्ष विष्णु प्रसाद वाराल, सदस्य गोविन्द पराजुली, पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्रा.डा सरोज कोईराला लगायतको सहभागिता रहेको थियो ।

यसैबीच, कार्यक्रममा पोखरा ५ निवासी मनोज सि.के.को दाहसंस्कारका लागि पार्टी कमिटिको पहलमा रुपैयाँ १३ हजार परिवारका सदस्यलाई सहयोग गरिएको छ । परिवारमा २ नावालिक छोरा र छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0