काठमाडौँ, १६ जेठ । नेपाल गल्फ सङ्घको आयोजनामा ११औँ संस्करणको नेपाल एमेच्योर खुला गल्फ प्रतियोगिता यही जेठ २० गतेदेखि हुने भएको छ ।

यही जेठ २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ५४ होलको हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष टासी घलेले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ दक्षिण एसियाका बङ्गलादेश, श्रीलङ्का, भूटान र भारतका खेलाडी सहभागी हुनेछन् । पुरुषतर्फ व्यक्तिगत र टिम प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, सोही प्रतियोगिताको महिलातर्फको स्पर्धामा भने आयोजक नेपाल र भारतका खेलाडीको मात्र सहभागिता रहनेछ ।

प्रतियोगितामा ४५ पुरुष र १० महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । वल्र्ड एमेच्योर गल्फ ¥याङिकद्वारा मान्यता प्राप्त उक्त प्रतियोगिताले नेपालका साथै दक्षिण एसियामा युवा विकास र एमेच्योर गल्फको विकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष घलेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0