
काठमाडौं, ६ पुस । साताको शेयर काराेबर हुने पहिलो दिन आइतबार नेप्सेमा गिरावट भएकाे छ । गएकाे बिहिबार अन्तिम काराेबार हुँदा पनि नेप्सेमा गिरावट भएकाे थियाे ।
यसदिन नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.९६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.३५ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले घटेको छ।
नेप्सेमा भएकाे गिरावटसँगै कारोबार रकममा पनि कमि भएकाे छ। बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर काराेबार भएकाे थियाे । यसदिन भने ३४५ कम्पनीहरुकाे ७० हजार ५७६ पटकको कारोबार हुँदा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ९९ हजार कित्ता शेयर किनबेच भएकाे छ।
एसवाई प्यानल नेपालको शेयरमा आज पनि सकारात्मक सर्किट लागेकाे छ । कम्पनीको शेयरमूल्य ६२ रुपैयाँ २० पैसा बढेर ६८४ रुपैयाँ ८० पैसामा कारोबार भएको छ।
१०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ९.८३ प्रतिशतले बढेको छ । ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को शेयरमूल्य ९ प्रतिशत बढी बढेको छ। सिन्धु विकास बैंकको शेयरमूल्य १० प्रतिशतले घटेको छ।
कारोबारकाे आधारमा स्वस्तिक लघुवित्त वित्तीय संस्था अगाडी रहेकाे छ। लघुवित्तको १३ करोड ५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बलेफी हाइड्रोपावर पब्लिकको करिब १२ करोड रुपैयाँको शेयर काराेबार भएकाे छ । सन नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड बढीकाे काराेबार भएकाे छ।
१३ उपसमूहमध्ये एउटाकाे परिसूचक बढेको छ । बाँकी वटै १२ उपसमूहहरुको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको सामान्य बढेको हो। होटल तथा पर्यटन उपसमूहको १.६३ प्रतिशत घटेको छ। विकास बैंक, वित्त, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशत बढी घटेको नेप्सेले जनाएकाे छ।























