Home Uncategorized बृजलाल केडियाको जीवनी समेटिएको पुस्तक विमोचन

बृजलाल केडियाको जीवनी समेटिएको पुस्तक विमोचन

0

पोखरा,मंसिर ८/ उद्योगी, व्यवसायी तथा समाजसेवी स्वर्गीय बृजलाल केडियाको जीवन, संघर्ष, व्यावसायिक यात्रा र सामाजिक योगदान समेटिएको जीवनी पुस्तकको सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ।

केडिया अर्गनाइजेसनका अध्यक्ष तारा चन्द केडिया, पुष्पतारा केडिया सेवा फाउन्डेसनका अध्यक्ष मनोज केडिया, एमसी ग्रुपका अध्यक्ष चिरञ्जीवी लाल अग्रवाल, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र वरिष्ठ पत्रकार युवराज घिमिरेले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको हो।

पुस्तकमा स्वर्गीय बृजलाल केडियाको व्यक्तिगत जीवन, पारिवारिक पृष्ठभूमि, व्यावसायिक सफलता, उद्योग तथा व्यापार क्षेत्रमा पुर्‍याएको योगदान र सामाजिक सेवाका विविध पक्ष समेटिएका छन्।

वि।सं। १९६८ ९सन् १९११० मा भारतको राजस्थानस्थित केड गाउँमा जन्मिनुभएका बृजलाल केडिया आठ वर्षको उमेरदेखि नै वीरगन्जमा व्यापारमा संलग्न हुनुभएको पुस्तकमा उल्लेख छ। उहाँले खाद्यान्न आपूर्ति, कपडा व्यापार, चामल उद्योग, पेट्रोल पम्पलगायत विभिन्न व्यवसाय विस्तार गर्दै नेपाली उद्योग तथा व्यापार क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनुभएको थियो।

व्यावसायिक गतिविधिसँगै उहाँ सामाजिक सेवामा पनि सक्रिय रहनुभएको थियो। वीरगन्जमा विद्यालय स्थापना, स्वास्थ्य सेवा विस्तार, गरिब तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि सामूहिक विवाहको आयोजना, धर्मशाला, मन्दिर तथा गौशाला निर्माणलगायत सामाजिक कार्यमा उहाँको योगदान रहेको पुस्तकमा उल्लेख छ।

पुस्तकमा बृजलाल केडियाको जीवनसँग जोडिएका ऐतिहासिक प्रसंग, पारिवारिक स्मरण, उहाँसँग सहकार्य गरेका व्यक्तिहरूका अनुभव तथा उद्योग–व्यवसाय क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई समेटिएको छ।

उक्त पुस्तकले नेपालको उद्योग तथा व्यापार क्षेत्रको इतिहास, उद्यमशीलता र समाजसेवामा बृजलाल केडियाले पुर्‍याउनुभएको योगदानलाई नयाँ पुस्तामाझ परिचित गराउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here