
वासिङ्टन, २६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्ने उद्देश्यले ‘ऊर्जा युद्धविराम’ भएको घोषणा गर्नुभएको छ । तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घोषणापछि पनि रुसी आक्रमण जारी रहेको बताउनुभएको छ ।
ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत युद्धविराम तत्काल लागू भएको जानकारी दिँदै दुवै पक्षलाई सहमतिको सम्मान गर्न आग्रह गर्नुभएको थियो । उहाँले आफ्नो सन्देशमा युद्धविराम उल्लङ्घन नगर्न चेतावनीसमेत दिनुभएको थियो । यद्यपि, सहमतिको अवधि, कार्यान्वयन प्रक्रिया तथा निगरानी व्यवस्थाबारे उहाँले विस्तृत जानकारी दिनुभएको छैन ।
रुसी पक्षबाट पनि घोषणालगत्तै आधिकारिक प्रतिक्रिया आएको थिएन । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्पको घोषणालाई सकारात्मक रूपमा स्वागत गर्दै ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्ने पहल सबैका लागि हितकर हुने बताउनुभएको छ । तर, उहाँका अनुसार राजधानी किभ र खार्किभ सहरमा रुसी ड्रोन तथा हवाई आक्रमण जारी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























