Home विश्व अमेरिकाको पेन्सिल्भेनियामा दादुराका सङ्क्रमित एक हजार नाघे, पाँच जनाको मृत्यु

अमेरिकाको पेन्सिल्भेनियामा दादुराका सङ्क्रमित एक हजार नाघे, पाँच जनाको मृत्यु

अमेरिकाको पेन्सिल्भेनियामा दादुराका सङ्क्रमित एक हजार नाघे, पाँच जनाको मृत्यु
लस एन्जलस, २१ असोज । अमेरिकाको पेन्सिल्भेनिया राज्यमा सन् २०२६ मा दादुराका पुष्टि भएका संक्रमितको संख्या एक हजार नाघेको छ । राज्यका स्वास्थ्य अधिकारीहरूका अनुसार प्रकोपका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ भने १९८ जना अस्पताल भर्ना भएका छन् । यो पछिल्लो तीन दशकभन्दा बढी समययताकै राज्यमा देखिएको सबैभन्दा ठूलो दादुरा प्रकोप हो । पेन्सिल्भेनिया स्वास्थ्य विभागका अनुसार सोमबारसम्म राज्यका ३९ काउन्टीमा एक हजार ४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । अक्टोबर २ पछि मात्रै थप २७ नयाँ संक्रमित भेटिएका छन्। यो प्रकोप अप्रिलको अन्त्यतिर सुरु भएको थियो । पुष्टि भएका संक्रमितमध्ये चार जना मात्रै दादुरा, गलगाँड र रुबेला (एमएमआर) विरुद्धको खोप लगाएका व्यक्ति रहेका छन् । यो कुल संक्रमितको १ प्रतिशतभन्दा कम हो । प्रकोप बढेसँगै पेन्सिल्भेनियामा एमएमआर खोप लगाउनेको संख्या पनि उल्लेख्य रूपमा बढेको छ । राज्यमा सामान्यतया एक महिनामा करिब २५ हजार डोज एमएमआर खोप दिइने भए पनि अगस्टमा ४९ हजारभन्दा बढी र सेप्टेम्बरमा ५३ हजारभन्दा बढी डोज दिइएको स्वास्थ्य विभागले जनाएको छ । पेन्सिल्भेनिया स्वास्थ्य विभागका अनुसार दादुराबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय पूर्ण खोप हो । एमएमआर खोपको दुई डोजले जीवनभर करिब ९७ प्रतिशत सुरक्षा प्रदान गर्ने विभागले जनाएको छ । न्यूयोर्कमा पनि दादुरा संक्रमण बढ्दै बढ्दो प्रकोपलाई ध्यानमा राख्दै न्यूयोर्क राज्यकी गभर्नर क्याथी होकुलले सोमबार राज्यमा विपद् आपत्काल घोषणा गर्नुभएको छ । राज्य सरकारका अनुसार अक्टोबर ३ सम्म न्यूयोर्कमा यस वर्ष १०८ दादुरा संक्रमित पुष्टि भएका छन् । तीमध्ये ९२ वटा संक्रमण जुलाई १५ पछि १८ वटा ग्रामीण काउन्टीमा देखिएका हुन् । ती क्षेत्रमा खोपको पहुँच वा खोप लगाउने दर कम रहेका समुदायहरू छन् । न्यूयोर्क सरकारले यस वर्ष राज्यमा देखिएको दादुरा संक्रमण सामान्य अवस्थाको तुलनामा उल्लेख्य रूपमा बढेको र विशेषगरी जुलाई १५ पछि वृद्धि तीव्र भएको जनाएको छ । यसलाई महत्वपूर्ण सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा लिइएको छ । अमेरिकामा सन् १९९१ यताकै खराब अवस्था अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार अक्टोबर १ सम्म अमेरिकाभरि तीन हजार हजार ८८७ जना दादुराका संक्रमित पुष्टि भएका छन् । सीडीसीका अनुसार सन् २०२६ मा देखिएको यो संक्रमण सन् १९९१ यताकै उच्च हो । दादुरा अत्यन्तै संक्रामक रोग भएकाले स्वास्थ्य अधिकारीहरूले पूर्ण खोपलाई संक्रमणबाट बच्ने प्रमुख उपायका रूपमा जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here