पोखरा, २७ चैत । पोखराको नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण माविका कक्षा १२ अन्तरर्गत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका बिद्यार्थीलाई शुक्रवार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो ।

कक्षा ११ का विद्यार्थी र बिद्यालयको संयोजनमा भएको कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्गले उदघाट्न गरेका थिए । उक्त अवसरमा बोल्दै प्रधानाङ्गले बिद्यार्थी बिदाई भएर गए पनि उनिहरु बिद्यालयको हिस्सा भएको बताए । उनले आगामि दिनहरुमा पनि बिद्यार्थीहरु सगँ सहकार्य गर्ने बताउदै उज्जवल भविष्यको कामना गरे ।

विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट दुबै व्यवहारिक विषय भएकोले यसैको जगमा उभिएर स्वरोजगार बन्न सक्ने शैक्षिक मार्ग रोज्नु पर्ने सुझाव दिए।

विद्यालयका इसिए निर्देशक तेज बहादुर गुरुङले बिद्यार्थीले गरेको सामाजिक काम र अतिरिक्त क्रियाकलापमा देखाएको उर्जा र हात पारेको उपलब्धीले विद्यालयलाई ठुलो योगदान पुगेको बताए ।

शिक्षक ऋषी खतिवडाले आगामि दिनमा अझै मेहनतका साथ अध्ययन गरेमा मात्र सफलता हात पर्ने भएकोले विद्यार्थीले पढाईमा जोड दिनुपर्ने बताए । कक्षा १२ का विद्यार्थीे छात्रा शान्ती गुरुङले भविश्य उज्जवल बनाउनका लागि अग्रजले देखाएको बाटोले आगामी पुस्तालाई सहज हुने बताइन् ।

बिदाई कार्यक्रममा बिद्यालयका अध्यक्ष प्रधानाङ्ग, प्राचार्य श्रेष्ठ, अतिरिक्त क्रियाकलाप निर्देशक गुरुङ, पुर्व अध्यक्ष चिजकाजि गुरुङ, प्रोमोटर तथा प्रशासक चित्र गुरुङ र गिरि प्रसाद गुरुङ, सोसल सरर्भिस क्लवका उपाध्यक्ष राजन तामाङ, शैक्षिक संयोजक गोबिन्द सुवेदी बिद्यार्थीहरु प्रति पाइजा र सोनि गिरी लगायतले विद्यार्थीलाई विदाई गरेका थिए ।

उक्त अवसरमा कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन पनि प्रदान गरेका थिए भने, शैक्षिक सत्रमा बिभिन्न बिधामा उत्कृष्ट हुनेहरुलाई अवार्डले सम्मान गरिएको थियो ।

माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र माउंटेनियरिङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ। यो गण्डकी प्रदेशकै निजी स्तरबाट सञ्चालित पहिलो बिद्यालय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0