काठमाडौं, ९ चैत । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा सामान्य अंकको बृद्धि भएको छ । कारोबार रकम भने सन्तोषजनक रहेको छ ।

यसदिन नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१७ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स भने ५०५.०२ अंकले घटेको छ ।

कुल ३४२ कम्पनीहरुको १ लाख ५६ हजार ३८१ पटकको कारोबारमा ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरुमध्ये ७ वटामा हरियो लागेको बाँकी रहेका ६ वटा उपसमूहहरुमा रातो लागेको छ । कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ६७ करोड २३ लाख ७८ हजार १५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा बढी साल्पा विकास बैंकको शेयरमूल्य बढेको छ । बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी सनराईज फष्ट म्युचुअल फण्डको शेयरमूल्य घटेको छ । सो फण्डको शेयरमूल्य ३.७१ प्रतिशत घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0