
नारायण शर्मा/नवलपरासी, ४ चैत । नवलपरासी पश्चिमका दुबै क्षेत्रमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार फराकिलो मतान्तरले पराजित भएपछि कांग्रेसले ४३ जना जिल्ला नेतालाई कारबाहि माग गर्दै कांग्रेस केन्द्रीय सभापतिलाई मंगलवार पत्राचार गरेको छ ।
यहाको क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य बिनोद कुमार चौधरी करिब ३६ हजार मतान्तरले कांग्रेसवाट बिद्रोह गरेर रास्वपाका उम्मेदवार बनेका बिक्रम खनालसंग पराजित भएका थिए ।
त्यसैगरि कांग्रेसवाट रास्वपामा गएर उम्मेदवार बनेका क्षेत्र नम्बर २ का उम्मेदवार नरेन्द्र गुप्तावाट कांग्रेसका उम्मेदवार भरत थापा भारी मतान्तरले पराजित भएका थिए ।
कांग्रेसका दुबै उम्मेवार भारी मतान्तरले पराजित हुनुमा पार्टी भित्रका जिम्मेवार नेताहरुको अन्तरघात भएको जिल्ला कार्यसमितिले ठहर गरेको छ ।
नेपाली कांग्रेस पश्चिम नवलपरासीका सभापति अर्जुन पोखरेलले गत प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुबै क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भएपछि यहाका ४३ जना जिल्ला नेतालाई पार्टीवाट निस्काशन गर्न केन्द्रीय सभापति गगन थापालाई पत्राचार गरेका छन ।
कांग्रेसका जिल्ला सभापति पोखरेलले केन्द्रीय सभापतिलाई लेखेको पत्रमा ४३ जना कांग्रेसका जिल्ला नेतालाई कारबाहिको लागि माग गरेका छन ।
निर्वाचनमा पराजित भएपछि जिल्ला अनुशासन समितिले तैयार पारेको प्रतिबेदनलाई मंगलवार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेर थप कारबाहिकालागि पार्टी सभापति गगन थापालाई पत्राचार गरेको हो ।
पोखरेलले २०८२ चैत ३ गते केन्द्रीय सभापतिलाई लेखेको पत्रमा पार्टीका निवर्तमान केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कंडे, लुम्वीनी प्रदेशका वन मन्त्री एवं कांग्रेस नेता देबकरण प्रसाद जयसवाल( सन्तु), समानुपातिक तर्फकी उम्मेदवार तथा महासमिति सदस्य , सुनिता सुबेदी श्रेष्ठ, महासमिति सदस्य गुणनिधि तिवारी, अनिल शर्मा, जिल्ला कोषाध्यक्ष उत्तमा राय,महाधिबेशन प्रतिनिधि सभा क्षेत्र नम्बर २ का कांग्रेस सभापति माधब प्रासद पाण्डे, महाधिबेश प्रतिनिधि कृष्णप्रसाद घिमिरे, सुस्ता गाउपालिकाका पार्टी सभापति रबिन्द्र प्रसाद जैसवाल, क्षेत्रिय प्रतिनिधिहरु, वडा सभापतिहरु समेत ४३ जनालाई कारबाहि गर्न माग गरिएको छ ।
गत फागुन २१ गते नै यहाका २२ जना जिल्ला नेतालाई पार्टीले कारबाहि गरेको बिज्ञप्ती किकालेको थियो ।
दुबै पटक कांग्रेस नेताहरुलाई कारबाहि गराउनमा कांग्रेसवाट क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा उम्मेदवार रहेर पराजय भोगेका बिनोद चौधरीको हात रहेको कांग्रेस बृत्तमा चर्चा रहेकाे छ ।

























