update 12-30-विश्वभर ३ लाख ८ हजार ५४० कोरोनाभाइरसका केस, मृतक १३ हजार ६९ पुगे, ९५ हजार ८२९ निको भए

अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र ९

आईतवार मध्यान्हसम्मको कोरोनाभाइरस सम्वन्धि विश्वव्यापी सूचनालाई नियाल्ने हो भने ३ लाख ८ हजार ५४० जना कोरोनाका केसहरु भेटिएका छन् । मृतकको संख्या १३ जहार ५४ पुगेको छ भने ९५ हजार ८२९ मानिस निको भएर पूर्वावस्थामा फर्किएका छन् ।

विश्वभर कोरोनाभाइरसको सक्रिय संक्रमण भएका केसहरु १ लाख ९९ हजार ६४२ रहेका छन् । ति मध्य १ लाख ८९ हजार ६९९ जनाको अवस्था सामान्य रहेको छ भने ९ हजार ९४३ जनाको अवस्था गम्भिर छ ।

आइतवार मध्यान्हसम्म आउँदा कोरोनाभाइरस विश्वका १८८ देशमा फैलिएको पाईएको छ भने ६ देशमा गरि ६२ जनाको मृत्यु भएको छ ।

चाईना ६
अमेरिका ४६
दक्षिण कोरिया २
मलेसिया १
फिलिपिन्स ६
कोलम्विया १

गरि ६२ जनाको मृत्यु भएको छ । चाईनामा नयाँ ४६ केस थपिएका छन् । ७२ हजार ४४० निको भईसकेका छन् । जम्मा कोरोना संक्रमितको संख्या ८१ हजार ५४ हो । अहिलेसम्म ३ हजार २६१ जनाको मृत्यु भएको छ ।

इटालीको अवस्था अलि गम्भिर रहेको छ । यो समाचार तयार पार्दासम्म मृतको संख्या नयाँ नथपिए पनि संमितको संख्या ५३ हजार ५७८ पुगेको छ भने ४ हजार ८२५ जनाले ज्यान गुमाएका छन् र अस्पतालबाट ६ हजार ७२ जना डिस्चार्ज भएका छन् ।

अमेरिकामा २६ हजार ८८८ जना संक्रमित भएका छन् । त्यहाँ आईतवार नयाँ केस २,६८१ थपिएका छन्् । अहिलेसम्म ३४८ जनाको मृत्यु भएको छ भने आज मात्रै ४६ जनाको मृत्यु भएको छ । त्यहाँ १७८ जना निको भईसकेका छन् ।

आईतवार नयाँ केस भेटिएका देशहरुमा :
चाईना ४६
अमेरिका २,६८१
दक्षिण कोरिया ९८
अष्ट्रेलिया २१४
थाईल्याण्ड १८८
फिलिपिन्स ७३
मेक्सिको ४८
अर्जेन्टिना ६७
कोलम्विया १४
उरुग्वे २५
लिथवानिया ६
न्यूजिल्याण्ड १४
उज्वेकिस्तान १
होण्डुरस २
अरुबा ३
एस्वाटिनि ३

१६ देशमा गरि ३,४८३ जना नयाँ केस थपिएका हुन । यसैबीच नेपाल अहिलेसम्म ग्रीन जोनमा रहेको पाईएको छ । वल्र्ड ओ मिटर्स डट इन्फोले जनाए अनुसार नेपाल कोरोनाभाइरसको संक्रमण नभएको मुलुकमा छ भने एक मात्र देश नेपाललाई विश्वभरको सूचिमा हरियो संकेत चिन्ह अर्थात ग्रीन जोनमा रहेको देखाईएको छ ।

Facebook Comments