follow up-पालिखेचोक मिनि बगैंचाका पोलमा सोमवार फलामे सिक्रि जोडियो, फूलका बिरुवा रोप्ने तयारी :अध्यक्ष बास्तोला(video)

आरजू/पोखरा, मंसिर ०२

सोमवार कार्यालय समय शुरु भएपछि पोखरा महानगरपालिका पोखरा वजार वाड नं ४ को महत्वपूर्ण क्षेत्र पालिखेचोकमा हातमा फित्ता समातेर मिनि बगैंचामा राखिएका साना पोलहरुमा लगाईने फलामे सिक्रीको लागि नापजाँच गरिरहनु भएको थियो वडा नं ४ का अध्यक्ष शंकर बास्तोला । र त्यहाँ काममा खटाईएका कामदारलाई निर्देशन दिईरहनुभएको थियो ।

पाँचमुखे यहि चोक भएर दिनहुँ सरकारी तथा निजि, भाडाका, विद्यालाय र क्याम्पसका गाडीहरुरु गुडिरहन्छन् । विशिष्ट अतिथिहरु, सांसदहरु संसदीय विजनेसका मुद्धाहरुमा छलफल गर्न यहि चोक भएर आउने जाने गरिरहेका हुन्छन् । शहरी विकासलाई चुस्त दुरुस्त बनाउन, पोखरालाई स्मार्ट सिटि बनाउने उदेश्य लिएको महानगरपालिकाले पूरानो थलो पालिखेचोकवासिलाई मुआव्जा दिएर सडक चौडा पार्ने काम भयो र बिच भागमा त्रिकोणिय मिनि बगैंचा बनाउने योजना तउार भयो ।

कात्तिक २७ मा अन्नपूर्ण अनलाईनमा बगैंचा बनाउन तयार पारिएको ठाउँको दक्षिणी भागमा दलहरुले यहि समयमा चुनावि प्रचार अभिायान चलाई रहेको बेलामा सूर्य चिन्ह अंकित झण्डा बाँधिएको पाएपछि समाचार प्रकाशन गरेको थियो ।

वडा अध्यक्ष शंकर बास्तोला – चोकमा बसेर चोकको बगैंचा निर्माणका बारेमा ब्रिफिङ

समाचार आईसकेपछि आफ्नो ध्यानाकर्ष भएको बताउँदै कात्तिक २८ गते वडा अध्यक्ष शंकर बास्तोलाले चोकलाई व्यवस्थित गर्ने काम भईरहेको, विज्ञसंग सल्लाह भईरहेको, छिट्टै हराभरा र फूलहरु लगाउने बताउनु भएको थियो । केहि दिनमै साना पोलमा सिक्रि लगाउने बताउनु भएका बास्तोलाले चार दिनपछि सोमवार आफैं उपस्थित भएर फलामे सिक्रि जोड्न लगाउनु भयो ।

चोकमा बसेर बास्तोलाले कृषि विज्ञ डा.अनिल सुवेदीबाट प्राप्त फूलहरुको विवरण र सुझावसहितको पत्र देखाउँदै भन्नुभयो, :“ल हेर्नुस् विज्ञको सल्लाह अनुसार अब चोकको मिनि बगैंचामा बोगन भिलिया लगाउँछौं । सेतो, रातो, गुलावी, पहेंलो छिरबिरे फूल फुल्ने यो फूल जेष्ठदेखि पौषसम्म फुल्दछ । यो सदावहार प्रजातिको हो । यस्तै उक्त ठाउँमा छेउ छेउमा राजवृक्ष, असारे फूल, अमर फूल, पुवाँले, बेन चम्पा, केमिलिया लगाउन र बिच भागमा सिजनल फूल लगाउन कृषि विज्ञ डा. अनिल सुवेदीले सल्लाह दिनुभएको छ ।

चोकको निर्माण उपनिर्वाचन अघिसम्म सक्न कस्सिनु भएका वडा अध्यक्ष बास्तोलाले चोकमा बसेर चोकको बगैंचा निर्माणका बारेमा ब्रिफिङ गर्नुभयो । सोमवार बगैंचाको मिनि पोलमा फलामे सिक्रि लगाउने काम भएको छ, उहाँले भन्नुभयो :“अब केहि दिनमै तपाँईहरुले पालिखेचोको मुहार फेरीएको पाउनु हुनेछ ।”

मिडियाले खेलिदिएको सकारात्मक भूमिकाले हामी जनप्रतिनिधिलाई काम गर्न झन् जाँगर आएको छ । उहाँले भन्नुभयो :“अब पालिखेचोक सम्मानित चोह हुनेछ, सबैको अपनत्व गाँसिएको र यहाँका रैथानेको मन खुसिले गद्गद् बनाउने चोक हुनेछ, यसमा वडावासि र सबैको सहायोग निरन्तर भइरहने अपेक्षा गरेको छु ।”

Facebook Comments