follow up-पालिखेचोक छिट्टै मनमोहक बन्दै, उपनिर्वाचन अघि नै काम सक्ने लक्ष्य छ :अध्यक्ष बास्तोला

आरजू विष्ट सल्यानी
पोखरा, कात्तिक २८

पोखराको पालिखेचोकमा निर्माण गरिएको चोकको बिचको त्रिकोणिय मिनि बगैंचा छिट्टै रंगिचंगि फूल र हरियालीले मनमोहक हुने भएको छ ।

हामीले पालिखेचोकलाई मनमोहक र हरियाली बनाउँदै छौं, पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष शंकर वास्तोलाले भन्नुभयो “आउँने जाने सबैले हेरिरहेका छन्, सार्वजनिक चासो नहुने कुरै भएन, किन यत्तिकै छोडेको होला, काममा किन ढिलासुस्ति गरेको होला ? वडाले के गरेर बसेको छ ? भनेर प्रश्न गर्नु स्वाभाविकै हो, अब उक्त ठाउँलाई साग खेलकुदलाई मध्यनजर गर्दै र आसन्न उपनिर्वाचन अगाडी नै बनाउने लक्ष्य लिएका छौं ।”

अध्यक्ष बास्तोलाले पहिलो पटक राखेको माटोमा चित्त नबुझेर फेरी माटो हाल्न लगाएको र माटो मिलाउने काम पनि सकिएको बास्तोलाले बताउनु भयो । सुरक्षाको लागि त्रिकोणिय मिनि बगैंचाको सबै भागमा राखिएका मिनि पोलमामा सिक्रि राख्ने काम बाँकि छ, यो काम केहि दिनमा सकिन्छ ।”

वुधवार अन्नपूर्णअनलाईनले छापेको समाचारबारे वडाको ध्यानाकर्षण भयो र आज मैले गएर निरिक्षण पनि गरे, यो बेलामा फूलहरु ढकमक्क भएको हुनुपर्ने हो, हरियाली हुनुपर्ने हो, बंगलादेशका राष्ट्रपति पोखरा आउनु भयो, यहि चोक भएर कतै अवलोकनमा जाने कार्यक्रम भएको भए ? जवाफ त केहि थिएन । त्यहाँ राखिएको सूर्य चिन्ह अंकित झण्डा हटाईएको रहेछ, साथीहरुले राम्रो म्यासेज दिनुभयो ।”

हामी पालिखे चोकलाई हेर्दाखेरि जहिले पनि मुस्काई रहेको बनाउने योजनामा छौं, मैले प्राविधिकहरुसंग सल्लाह गरिरहेको छु, बास्तोलाले भन्नुभयो :“कृषि विज्ञ डा.अनिल सुवेदीसंग यस्को बारेमा छलफल भईरहेको छ, कस्तो प्रकारको विरुवा लगाउँदा पालिखेचोकलाई मनमोहक बनाउन सकिन्छ, निक्र्योल गरेर उपनिर्वाचन अगाडी नै काम सक्ने लक्ष्य रहेको छ ।”

र यो पनि, अघिल्लो दिनको दृश्य :

http://onlineannapurna.com/%e0%a4%95%e0%a4%ae%e0%a4%b0%e0%a5%87%e0%a4%a1-%e0%a4%ab%e0%a5%82%e0%a4%b2-%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b9%e0%a5%8b-%e0%a4%95%e0%a4%bf%e0%a4%aa%e0%a4%be%e0%a4%b0/

यस्तो पनि बनाउन सकिन्छ ।

credit: travelgroupueh.com

Facebook Comments