अन्नपूर्णमा गाउँपालिका एमाले विजयी

कास्की, ३ जेठ
कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन्।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली कांग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो । नव निर्वाचित केसीले छ हजार ७२२ मत ल्याउँदा कुँवरले पाँच हजार ९५९ मत प्राप्त गर्नुभयो । विसं २०७४ को निर्वाचनमा केसी निर्वतमान गाउँपालिका अध्यक्ष कुँवरसँग पराजित हुनुभएको थियो ।

उपाध्यक्षमा एमालेकै चन्द्रकला अधिकारी देवकोटाले छ हजार ६०८ मतसहित विजयी भएकी हुनुभयो । उहाँका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका खेमकुमारी गुरूङले छ हजार १४ मत प्राप्त गर्नुभयो । अन्नपूर्णका ११ वटा वडामध्ये १, ३, ६, ७, ९ र ११ वडामा एमाले र २, ४, ५, ८ र १० मा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

जिल्लाका पाँच स्थानीय तहमध्ये हालसम्म तीन पालिकाको अन्तिम मत परिणाम आइसकेको छ । अन्नपूर्ण र रुपा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडाध्यक्ष एमालेले जितेको छ । कांग्रेस माछापुच्छ«ेको अध्यक्ष र उपाध्यक्षसहित सात वडाध्यक्षमा विजयी भएको छ । पोखरा महानगरपालिका र मादी गाउँपालिकाको मतगणना जारी छ । मादीमा कांग्रेस र पोखरामा गठबन्धनका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०ले अग्रता लिएको छ ।
रासस

Leave a Reply

Your email address will not be published.

Back to top button
WP Radio
WP Radio
OFFLINE LIVE