तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

जेठ २, रासस । तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जीत हासिल गरेको हो ।

गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा चार हजार ३३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेपाली कांग्रेसका गङ्गा कुमालले तीन हजार ५५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले जानकारी दिनुभयो ।

उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी चार हजार ४८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाल दुई हजार ७४७ मत प्राप्त गर्नुभएको छ ।

घिरिङ गाउँपालिकाको पाँचवटा वडामध्ये तीन वटामा एमाले र दुई वटामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसबाट घिरिङ–१ को अध्यक्षमा रविचन्द्र घोरासिनी र ५ को अध्यक्षमा विष्णुवीर आले विजय हासिल गर्नुभएको छ भने एमालेबाट २ को अध्यक्षमा नरबहादुर थापा, ३ को अध्यक्षमा तहलसिं थापा र ४ को अध्यक्षमा भीमबहादुर कुमालले विजय हासिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...